काठ चक्रपथको जगडोल बालुवा खण्डमा पूर्वाधार बिकास कामले गति लियो
कपन अनलाइन
काठमाडौं,जेठ २०।वाग्मती प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालको सपना उपत्यका काठ चक्रपथको महत्वपूर्ण खण्डका रुपमा रहेको जगडोल बालुवा क्षेत्रमा पूर्वाधार बिकासको कामले गति लिएको छ।लकडाउनको कारण सिर्जना भएका बिभिन्न कठिनाइका बाबजुत पनि सामाजिक दूरी कायम गर्दै कामलाई निरन्तरता दिइएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गोकर्णेश्वर नगर अध्यक्ष उद्दब बिष्टले बताए साबिक बालुवा गाबिसका अध्यक्ष समेत रहेका बिष्टका अनुसार लकडाउनलाई अवरोध रहित विकास निर्माणका अवसरका रूपमा प्रयोग गरिरहेको बताउदै सो उपत्यका काठ चक्रपथको महत्वपूर्ण खण्डका रुपमा रहेको जगडोल बालुवा क्षेत्रमा सडक ढलानको काम तिब्र रुपमा चलिरहेको बताए । उनले लकडाउनका कारण बाहिरबाट आएका अधिकांश श्रमिक घर गएको भए पनि स्थानीय श्रमिकहरुलाई प्रयोग गरि कामलाइ गति दिइएको बताए ।
उनका अनुसार हालका वाग्मती प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयाल काठमाडौं जिल्ला विकास समितिका उप सभापति भएको समयमा अगाडी सारेको यो योजनालाई बागमती प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा पनि प्राथमिकतामा राखेको छ ।वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री फुँयाल तत्कालिन संबिधान सभा सदस्य भएको बखत समेत सो योजनामा स्थानीय पूर्वाधार कोष मार्फत बजेट छुट्याएका थिए । उपत्यका काठ चक्रपथ अन्तर्गत कागेश्वरी मनोहरा नगरपालिकाको डाँछी -भद्रवास -आलापोट -गागलफेदी – इन्द्रायणी क्षेत्रमा करिव ९ .५ किलोमिटर सडक कालोपत्रे गर्ने काम पनि सुचारु राखिएको छ।
उक्त चक्रपथको डाँछी -भद्रवास खण्डमा भैरहेको सडक कालोपत्रे कार्यको निरीक्षण समेत गरेका बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालले यस आर्थिक वर्ष सम्म सो क्षेत्रको करिव ५ किलोमिटर सडक कालोपत्रे गरिसक्ने बताएका छन। काठमाडौं उपत्यका काठ चक्रपथको जगडोल -बालुवा -नयापाटी-सुन्दरीजल– गागलफेदी सडक खण्ड र कागेश्वरी चक्रपथका लागि २०७२ शालमा योजना स्वीकृत भै २०७३ सालमा ठेक्का सम्झौता गरिएको जानकारी दिदै मन्त्रि फुयालले यसका लागि २४ करोड ९९ लाख बजेट बिनियोजन भएको बताएका छन।