प्रदेश सभा सदस्य छिरिंग दोर्जे लामाको पहलमा काजु आर्ट्स रक द्वारा नेपाल प्रहरीलाइ पिपीई प्रदान

प्रदेश सभा सदस्य छिरिंग दोर्जे लामाको पहलमा काजु आर्ट्स रक द्वारा नेपाल प्रहरीलाइ पिपीई प्रदान

कपन अनलाइन

काठमाडौं ,जेठ २० ।कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरण गर्न अग्रपंक्तिमा बसेर काम गरिरहेका प्रहरीलाई स्वास्थ्य सुरक्षा सामग्री अन्तर्गत पिपीई सहयोग गरिएको छ ।कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरण गर्न अग्रपंक्तिमा बसेर काम गरिरहेका महानगरीय प्रहरी वृत्त बौद्दलाई सोमबार  बागमती प्रदेशका प्रदेश सभा सदस्य माननीय छिरिंग दोर्जे लामाको पहल तथा  काजु आर्टस रकको सहयोगमा १० सेट पीपीइ (स्वास्थ्य सुरक्षा सामग्री) सहयोग गरिएको हो ।

बागमती प्रदेशका प्रदेश सभा सदस्य माननीय छिरिंग दोर्जे लामाको अनुसार  अहिलेको अबस्थामा प्रहरीले रातदिन नभनेर डिउटीमा खटिनुपर्ने र कतिबेला भाइरसले संक्रमण हुन्छ थाहा नहुने भएकाले प्रहरीलाई जोखीमबाट बच्नका लागि पी पी ई  सहयोग गरेको बताए । उनले रात दिन नभनी ड्युटीमा खटिएका सुरक्षाकर्मिहरुको मनोबल बढाउन समेत  आफ्नो पहल तथा  काजु आर्टस रकको सहयोगमा उक्त सामग्री  प्रदान गरेको  बताए । उनले सहयोग गर्ने सबैलाई धन्यबाद ज्ञापन गरेका छन ।

 

 

 

तपाइँको प्रतिक्रिया ।