लकडाउनमा पनि उपप्रधानमन्त्री ईश्वर पोखरेलको निर्वाचन क्षेत्रमा विकास योजना निर्माण जारी

लकडाउनमा पनि उपप्रधानमन्त्री ईश्वर पोखरेलको निर्वाचन क्षेत्रमा विकास योजना निर्माण जारी

कपन अनलाइन

काठमाडौं ,जेष्ठ २०।

काठमाडौं क्षेत्र नं ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेपाल सरकारका उपप्रधानमन्त्री  ईश्वर पोखरेलको क्षेत्रमा अहिले दर्जन भन्दा बढी विकास योजनाहरुको निर्माण तिव्र गतिमा भैरहेको छ।

काठमाडौं महानगरपालिका ,बुढानिलकण्ठ र टोखा नगरपालिकाका विभिन्न वडाहरु रहेको काठमाडौं क्षेत्र नं ५ को भौतिक ,पर्यटकीय ,सांस्कृतिक र ऐतिहासिक पक्षको विकास तथा प्रवर्धन गर्ने निर्वाचनमा घोषणा गरेका उपप्रधानमन्त्री पोखरेलको पहलमा सो क्षेत्रका विभिन्न वडाहरुमा योजना निर्माणको कार्य लकडाउनमा पनि सुचारु रहेको छ।

काठमाडौं महानगरपालिका वडा नं २,३,४,५, बुढानिलकण्ठ नगरपालिकाका वडा नं ३,४,५,,६,७ र टोखा नगरपालिकाका वडा नं २,३,४,,५,६ र ७ रहेको काठमाडौं क्षेत्र नं ५ मा अहिले सडक ,पार्क ,खानेपानी ,ढल विस्तार ,भवन निर्माण लगायतका योजनाहरु निर्माण भैरहेका छन।

सो  निर्वाचन क्षेत्र अन्तर्गत रहेको बागमती प्रदेसको क्षेत्र नं १ मा धुम्रबराह पार्क निर्माण ,रारा समाज तथा चण्डोल युवा क्लवको भवन सुधार तथा सुविधा विस्तार ,बाँसवारी विध्यालयमा पुस्तकालय निर्माण जस्ता योजनाहरु सुचारु रहेका हन भने काठमाडौं महानगरपालिका वडा नं ४ र ५ को धोवीखोला र धुम्बाराही खहरेमा पर्खाल निर्माण सम्पन्न भैसकेका छन।

त्यस्तै सो निर्वाचन क्षेत्रको महत्वपूर्ण सांस्कृतिक सम्पदाको रुपमा रहेको कुमार कार्तिकेय मन्दिरको निर्माण भैरहेको जानकारी दिदै काठमाडौं क्षेत्र नं ५ (१) का प्रदेस सभा सदस्य नारायण सिलवालले हाडीगाउँ क्षेत्रको ऐतिहासिक र पौराणिक गरिमाको संरक्षणका लागि विशेष योजनाको तयारी भैरहेको बताएका छन।

यी योजना संगै प्रदेस सरकार र स्थानीय सरकार सहकार्यमा अन्य धेरै भौतिक र सामाजिक विकासका योजनाहरु संचालन भैरहेको बताउदै सांसद सिलवालले थप योजनाहरुको लागि सुझाव दिनका लागि क्षेत्रवासी समक्ष अनुरोध गरेका छन।

त्यस्तै उक्त निर्वाचन क्षेत्रको प्रदेस क्षेत्र २ मा बुढानिलकण्ठ -५ को दक्षिणेश्वरी क्लव – टोखा चंडेश्वरी ,दक्षिणेश्वरी क्लव अगाडी पर्खाल निर्माण ,बुढानिलकण्ठ -३ घुम्ती -वडा ४ पासिकोट ओरालो बाटो ढलान ,बुढानिलकण्ठ वडा नं ६ र ७ को बिष्णुमति-हात्तिगौडा सडक निर्माण लक डाउनको अवस्थामा पनि जारि रहेको छ।

काठमाडौं क्षेत्र नं ५ को लाई भौतिक पूर्वाधार सम्पन्न बनाउदै पर्यटकीय केन्द्र बनाउने घोषणा गरेका उपप्रधानमन्त्री पोखरेलको निर्वाचन क्षेत्रको  टोखा नगरपालिका वडा नं ६ र ८ मा सडक ढलान र टोखा नगरपालिका वडा नं २ मालुंगमा कल्भर्ट निर्माण ,ढल विस्तार तथा पर्खाल निर्माण पनि सुचारु रहेको छ।

त्यस्तै सो निर्वाचन क्षेत्रको हात्तीगौडा -टोखा सडक खण्डमा ढल निर्माणर बुढानिलकण्ठ -५ मा पहिरो नियन्त्रणको काम नियमित रहेको  सो क्षेत्रमा विष्णुमति कोरिडोर,खानेपानी पाइप विस्तार,सडक तार भूमिगत गर्ने जस्ता कामहरु पनि भैरहेको बागमती प्रदेसका प्रदेस सभा सदस्य दिपक निरौलाले जानकारी दिएका छन।

त्यस्तै तिन वटै स्थानीय तहले प्रस्तुत गरेका योजनाहरुका लागि बजेट व्यवस्थापन सहित सम्पूर्ण कार्यमा पहल गर्दै आएका उपप्रधानमन्त्री पोखरेलको क्षेत्रमा धनेश्वर खेल मैदान,पानचोक सामुदायिक भवनजस्ता पूर्वाधार निर्माणका साथै  करिव ३५ वर्ष देखि बुढानिलकण्ठ मन्दिर क्षेत्रमा देखिएको समस्या पनि समाधानको नजिक पुगेको प्रदेस सभा सदस्य निरौलाले बताएका छन।

तपाइँको प्रतिक्रिया ।