चौरिजहारी घटनाका दोषीलाई कारवाहीको माग गर्दै काठमाडौंमा प्रदर्शन
कपन अनलाइन
काठमाडौं ,जेष्ठ १९।
पश्चिम रुकुमको चौरिजहारीमा भएको नवराज बि.क. हात्याकाण्डको दोषीलाई कारभाहिको माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ । एकीकृत नेपाल राष्ट्रिय बिश्वकर्मा समाज, सोलुखुम्बु बिश्वकर्मा सेवा समाज, गहतराज संजाल, बिश्वकर्मा महासंघ तदर्थ समिति लगायको सहभागीतामा भएको एकीकृत नेपाल राष्ट्रिय विश्वकर्मा समाजका केन्द्रिय उपाध्यक्ष युवलाल बिश्वकर्माले जानकारी दिएका छन् ।
पश्चिमरुकुम नरसंहार घटनाको समावेसी संसदीय छानबिन समिति गठनगर, दातिय दमन बन्द गर, राजनैतिक हस्तक्षेप बन्दगर, सम्पूर्ण उत्पिडित समूदाय एक हौं पीडितलाई न्याय र पीडकलाई हदैसम्मको सजाय गर लगायतका नारा भएको एकीकृत नेपाल राष्ट्रिय विश्वकर्मा समाजका उपाध्यक्ष तथा गहतराज महासंघका केन्द्रिय महासचिव सङ्गम गहतराजले परिवर्तन खबरलाई जानकारी गराए ।
काठमाडौंको माइतीघर मण्डलाबाट षड्यन्त्रको गर्दै जिल्ला प्रशासन मर्मत गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउन तयारी गरेको एकीकृत नेपाल राष्ट्रिय विश्वकर्मा समाजका केन्द्रिय अध्यक्ष गोपाल प्रसाद बिश्वकर्माले जनाए ।