लिखु गाउँपालिकाले राहत वितरण नगरेको भन्दै सरोकारवाला विभिन्न संघ संस्थाको आक्रोस
कपन अनलाइन
काठमाडौं ,जेष्ठ १९।
ओखलढुंगा जिल्लाको लिखु गाउँपालिकाले राहत वितरण नगरेको भन्दै सरोकारवाला विभिन्न संघ संस्थाले आपत्ति प्रकट गरेका छन।काठमाडौंको नयाँ बानेश्वरमा भएको ति संघ संस्थाको संयुक्त बैठकले गाउँ पालिकाका ९ वटै वडाहरुका पहिचान गरिएका बिपन्न नागरिकहरुलाई यथाशिघ्र राहत उपलब्ध गराउन अनुरोध गर्ने निर्णय गरेका छन।
लिखु गाउँपालिकाको बिकास र समृद्दिका लागि स्थापित संघ संस्था र राजनीतिक दलहरुबाट प्रतिनिधीहरु आमन्त्रण गरिएको सो बैठकमा काङ्ग्रेस नेता बालकृष्ण दाहाल, नेकपा नेता नानीबाबु बुढाथोकी, काङ्ग्रेस नेता कुमार लुइटेल, ओखलढुंगा बिपद ब्यबस्थापन समाजका सह अध्यक्ष गुरु केदार बराल, पोकली झरना सेवा समाजका अध्यक्ष मिलन बिष्ट, महासचिब शम्भु बराल, गाम्नाङ्टार सेवा समाजका अध्यक्ष चित्र थापा, यसम सेवा समाजका अध्यक्ष सुर्य पाण्डे, नेपाली काङ्रेस लिखु- काठमाडौ सम्पर्क समितिका अध्यक्ष बद्री कार्की, सचिब देबेन्द्र पाण्डे लगाएतको उपस्थिती रहेको थियो।
हाल सम्म लिखु गाउँपालिका बाट काठमाडौं उपत्यकाका विभिन्न स्थानमा वसोवास गर्ने करिव ९ सय जना विपन्न तथा दैनिक मजदुरी गर्ने व्यक्तिहरुलाई राहत वितरण गरिएको जानकारी दिदै ओखलढुंगा बिपद ब्यबस्थापन समाजका सह अध्यक्ष गुरु केदार बरालले लिखु गाउँपालिकामा पनि राहत वितरणको व्यवस्था गर्न बैठकले माग गरेको बताए।