शिवमन्दिर-शहिद पार्क ढल तथा पर्खाल निर्माणमा प्रदेस सभा सदस्य कुसुम कुमार कार्कीको पहल

शिवमन्दिर-शहिद पार्क ढल तथा पर्खाल निर्माणमा प्रदेस सभा सदस्य कुसुम कुमार कार्कीको पहल

कपन अनलाइन 

काठमाडौं ,जेष्ठ १९।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ को  शिव मन्दिर-शहिद पार्क सरोकार समितिको सक्रियतामा सो क्षेत्रको सडकमा ढल तथा पर्खाल निर्माणका लागि बागमती प्रदेस सभा सदस्य कुसुम कुमार कार्कीको पहलमा ५० लाख बजेट व्यवस्थापन गरिएको छ।

बागमती प्रदेस सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको  खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले सो योजनाका लागि बजेट विनियोजन गरेको हो।

२०७७ जेष्ठ १८ गते गते उक्त समिति र  खानेपानी तथा सरसफाई डिभिजन कार्यालय विच सम्झौता भएर असार २५ गते सम्म योजना सम्पन्न गर्नका लागि कार्यादेश दिइएको छ।

कुल ५४ लाख ५ हजार ७ सय २ रुपैया ११ पैसा लागतमा सम्पन्न हुने उक्त कार्य  लकडाउनको विषम परिस्थिति भएता पनि सबै किसिमका श्रोत र उपायहरु अवलम्बन गरेर सो योजना तोकिएको समयमा सक्ने योजनामा रहेको समितिले जानकारी दिएको छ।

सम्झौता :

 

तपाइँको प्रतिक्रिया ।