क्यान्सर पिडितलाइ लायन्स क्लब अफ काठमाडौं डाँफेको आर्थिक सहयोग

क्यान्सर पिडितलाइ लायन्स क्लब अफ काठमाडौं डाँफेको आर्थिक सहयोग

कपन अनलाइन

काठमाडौं जेठ १६।  लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं डाँफेले क्यान्सर पिडितलाइ आज  आर्थिक सहयोग गरेको छ ।ओखलढुङ्गा जिल्ला सुनकोशी गाउँ पालिका वडा नं. १० (साविक कटुन्जे गा.वि.स. वडा नं. ८) स्थायी घर भई हाल काठमाण्डौं जिल्ला कागेश्वरी मनोहरा नग पालिका वडा नं. ४ बसोबास गर्ने, विशेष गरि जोरपाटी क्षेत्रमा प्लम्बिङको क्षेत्रमा मजदुरी गर्ने बर्ष ५० को डिल्लीराम सुवेदी लाइ आर्थिक सहयोग गरिएको हो ।

फोक्सोको क्यान्सर रोग बाट पिडित भई हाल उपचारको क्रममा रहेका उनको उपचारमा सहयोग पुगोस भनेर सहयोग गरिएको लायन्स क्लब अफ काठमाडौं डाँफेका लायन बच्चुराम शर्मा कुइकेलले कपन अनलाइनलाइ जानकारी गराए  । कोरोना भाईरसको विश्वव्यापि संक्रमणको कारण सारा विश्वनै लगभग लक डाउनको अवस्थामा रहेको यस विषम परिस्थितिमा आर्थिक अभावको कारण उपचारलाई निरन्तरता दिन नसक्ने अवस्थमा पुगेको भन्ने जानकारी प्राप्त भएकोले लायन्स क्लब अफ काठमाण्डौं डाँफेले तत्काल क्लब सदस्यहरु र अन्य केहि शुभचिन्तक हरुबाट रु. ६५,०००।– रकम संकलन गरि आज  सम्बन्धित ब्यक्तिलाइ हस्तान्तरण गरिएको हो ।

 पिडितको Chemo Therapy मार्फत उपचार भई रहेको र एक पटक Chemo Therapy गर्दा रु. ७०,०००।– खर्च लाग्ने, घरको कमाउने मूल व्यक्तिनै क्यान्सर जस्तो घातक रोगको कारण काम गर्न नसक्ने अवस्थामा पुगेकोले आर्थिक अभावको कारण उपचार लाई निरन्तरता दिन समेत नसक्ने अवस्थामा पुगेका उनलाई  डाक्टरको सल्लाह अनुसार  ८ पटक सम्म Chemo Therapy गर्नु पर्नेछ र अहिले सम्म ५ पटक भई सकेको छ । Chemo Therapy ले रोगमा उल्लेख्य सुधार आएको  पनि पिडितको परिवारले बताएको लायन बच्चुराम शर्मा कुइकेलले बताए  । तर आर्थिक अभावको कारणले गर्दा अगाडिको उपचारलाई निरन्तरता दिन नसक्ने अवस्थामा पुगेकोले मनका धनि व्यक्तिहरुसंग सहयोगको लागि उनले अनुरोध गरेको बताउदै  उनलाई सहयोग गर्न चहाने व्यक्तिहरुले  सिधै सम्पर्क गर्न सक्ने पनि बताए  ।  डिल्लीराम सुवेदी कागेश्वरी मनोहरा न.पा. वडा नं. ४ सम्पर्क नं. ९८४९१७६९६३ मा सम्पर्क गर्न सकिने पनि उनले  जानकारी गराए ।

तपाइँको प्रतिक्रिया ।