चन्द्रागिरी नगरपालिकालाइ स्वास्थ्य सुरक्षा सामग्री सहयोग
कपन अनलाइन
काठमाडौं जेठ १६। कोरोना भाईरस (COVID-19) को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि स्थापना गरेको चन्द्रागिरि नगरपालिका नगरस्तरीय विपद् व्यवस्थापन समितिको कोषमा आज स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरिएको छ।कारितास नेपाल, सर्बोदय नेपाल, कारितास अष्ट्रेलिया र अस्ट्रेलियन नेपालको तर्फबाट स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरिएको हो ।जसमा हाइजेनिक किट किट ७० सेट, थर्मल गन ३ थान, स्प्रे मेशिन २ थान, स्प्रे झोल ५ लि. KN95 माक्स/पन्जा ४०/४० रहेका छन् |
उक्त स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममानगर उपप्रमुख लिशा नकर्मी, नगर प्रवक्ता हरिभक्त महर्जन, वडा नं १ का वडा अध्यक्ष राजेन्द्र के.सी.नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्की तथा नगरपालिका कर्मचारीहरुका विच नगरपालिकालाई सर्बोदय नेपालका कार्यकारी अधिकृत धन बहादुर ऐरले प्रदान गरेका हुन् । सहयोग गर्ने संस्थाहरुलाई चन्द्रागिरि नगरपालिकाको तर्फा बाट धन्यवाद ज्ञापन गरिएको थियो ।