ट्राफिक प्रहरीलाई रोटरी क्लब, पशुपतिको स्वास्थ्य सामाग्री सहयोग

ट्राफिक प्रहरीलाई रोटरी क्लब, पशुपतिको स्वास्थ्य सामाग्री सहयोग

कपन अनलाइन 

काठमाडौं,जेष्ठ १६।

कोरोना महामारीको रोकथाम र नियन्त्रणमा जुटिरहेका ट्राफिक प्रहरीलाई रोटरी क्लब, पशुपतिले स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

महाशाखामा आज एक कार्यक्रमवीच रोटरी क्लबका अध्यक्ष हर्क साउदले महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकाललाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन्।

महाशाखा प्रमुख ढकाललेकोरोना भाइरसको जोखिमबाट बच्न नेपाल सरकारले लागू गरेको लकडाउनलाई कडाईका साथ पालना गराउन अग्रपङ्तिमा रही आम नागरिकको सेवा र सुरक्षामासक्रिय रूपमा ट्राफिक प्रहरी खटिएको बताएका छन ।

उनले यस बिषम परिस्थितीमा ट्राफिक प्रहरीलाई उक्त स्वास्थ्य सामग्रीले कोरोना संक्रमणको जोखिमबाट बच्नको लागि महत्वपूर्ण भुमिका खेल्नुका साथै थप हौसला र उच्च मनोबल समेत मिल्ने भएकोले रोटरी क्लब, पशुपतिले गरेको सहयोग एवम् सदभाव प्रति विशेष धन्यवाद दिएका थिए ।

कार्यक्रममा रोटरी क्लबका अध्यक्ष हर्क साउदले माहामारीको यस घडीमा नागरिकको सेवामा अहोरात्र खटिने ट्राफिक प्रहरीलाई संक्रमणको जोखिमबाटबच्न र काम गर्ने मनोबल थप  हुने बिश्वासका साथ स्वास्थ्य सामग्री प्रदान गरिएको बताउदै  आगामी दिनमा पनिट्राफिक प्रहरीलाई यस्तै सहयोग एवम् सहकार्य गरी निरत्तर अगाडि बढ्न क्लवतत्पर रहेको  उल्लेख गरेका थिए  ।कार्यक्रममा प्रहरी अधिकृतहरु तथा रोटरी क्लबका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठका अनुसार उक्त रोटरी क्लवबाटप्राप्त KN95 Mask १५०० थान र २७.५ लिटर सेनिटाईजर महाशाखालाई प्राप्त भएको जानकारी दिइएको छ।

तपाइँको प्रतिक्रिया ।