रुकुम घटनाको बिरोधमा मानब अधिकार तथा शान्ति समाज द्वारा बौद्धमा शान्तिपूर्ण प्रदर्शन

रुकुम घटनाको बिरोधमा मानब अधिकार तथा शान्ति समाज द्वारा बौद्धमा शान्तिपूर्ण प्रदर्शन

कपन अनलाइन

काठमाडौँ जेठ १६। रुकुम घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै बौद्दमा मानब अधिकार तथा शान्ति समाज काठमाडौं शाखाले  शान्तिपूर्ण  बिरोध प्रदर्शन गरेको छ । घटनाको निष्पक्ष छानबिनको माग गर्दै शुक्रबार मानब अधिकार तथा शान्ती समाजले  आधा घण्टा शान्ति पूर्ण रुपमा बिरोध  प्रदर्शन  गरेका हुन् । मानव अधिकार तथा शान्ति समाज नेपाल काठमाडौं शाखाको  आयोजना  भएको उक्त प्रदर्शनमा सहभागीहरुले हातमा जातीय बिभेद्द अन्त्य गर ,रुकुम घटनाको निष्पक्ष छानबिन गर, दोषीलाई कारवाही गर, मानब अधिकारको सम्मान गरौ ,संसदीय छानमिन समिति गठन गर ,मानवता बिरुद्दको अपराध अब क्षम्य हुने छैन , जस्ता नारा लेखिएको  प्लेकार्ड लिएर  पर्दर्शन गरेका हुन् ।

उक्त कार्यक्रममा बागमती प्रदेश संसद छिरिंग दोर्जे लामा, काठमाडौं महानगरपालिका वडा नं  ६ का वडा अध्यक्ष दिपेन्द्र लामा, वडा सदस्य जयराम पुडासैनी, नेपाल भलिबल संघका उपाध्यक्ष एबम लायन्सका पुर्व गभर्नर लायन कुमार राज सुवेदी , शान्ति समाजका सभापति उत्तम पुडासैनी ,इश्वर पुडासैनी होम कण्ठ चौलागाई , जगन्नाथ पुडासैनी इश्वर पुडासैनी लगायत मानव अधिकार तथा शान्ती समाजका सदस्यहरु सहित स्थानीयको उपस्थिति रहेको थियो।

अहिलेको २१ औं शताब्दीमा पनि जातीय विभेदका नाममा हुने यस्ता अमानविय घटनाहरुको निष्पक्ष छानबिन गरी दोषिलाई कारबाही गर्नुपर्ने माग माग गर्दै उनीहरुले  शान्तिपूर्ण बिरोध प्रदर्शन गरेका हुन् ।शान्ति पूर्ण बिरोध प्रदर्शनमा  मानव अधिकार तथा शान्ती समाज काठमाडौं शाखाका सभापति जगन्नाथ पुडासैनीले  कार्यक्रमको उदेश्य माथि प्रकाश पारेका थिए।

त्यस्तै मानव अधिकार तथा शान्ती समाजका पुर्व सभापति एबम सल्लाहकार होमकण्ठ चौलागाईले राज्यका हरेक निकायमा सम्पूर्ण जातजातिको समान सहभागिता हुनेगरी संविधानमा उल्लेख भएपनि अझै समुदायस्तरमा चेतनाको कमिका यस्ता घटनाहरु हुने गरेको बताए । ग्रामिण क्षेत्रमा जातीय विभेद विरुद्धका अभियानहरु सरकारले सञ्चालन गर्नुपर्ने उल्लेख गर्दै उनले घटनाको निष्पक्ष छानबिन गरी दोषिलाई कारबाही गर्न  समेत माग गरेका थिए  ।

कार्यक्रम बोल्दै मानव अधिकार तथा शान्ती समाजका सभापति उत्तम पुडासैनीले यो देशमा अब मानवता पराजित नहोस रुकुममा दलितहरुमाथी भएको नृशंस हत्याको संसदीय छानवीन समिति गठन गरि दोषीहरुमाथी कानूनी कारवाही गर्न माग गर्दै मानव अधिकार तथा शान्ति समाज काठमाडौं शाखाले आयोजना गरेको प्रदर्शनीमा सहभागी हुनुहुने सबैमा धन्यबाद ज्ञापन गरेका  थिए।

उनले  मानव अधिकारको मामलामा समाज संबेदनशिल रहेको बताउदै   सरकारी उदासिनता ब्याप्त रहेको र कोरोनाको कहर बढ्दै गएको परिस्थितिमा ७० भन्दा ज्यादा अधिकारकर्मीको स्वस्फूर्त सहभागिताले मानवता बिरुद्धको अपराध अब क्षम्य हुनेछैन भन्ने जनभावना छरपस्ट भएको बताए  । उनले यसै बिषयलाई लिएर समाजका रुपन्देही र दाङ शाखा समेतले कार्यक्रम आयोजना गरि मानव अधिकारको सवालमा शान्ति समाज हरदम अग्रपंक्तिमा उभिएको जुन सन्देश दिएको छ ती शाखाहरुलाई समेत धन्यबाद दिएका थिए ।

फोटो :सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।