किसानको चुनौती फौजीकिरा
कृषि पुर्वाधारहरुको बिकासमा गाउँ फर्केका युवाहरूलाई धेरै भन्दा धेरै प्रयोग गरिने हो भने बेरोजगार समस्या समाधान मात्रै नभएर कृषि उत्पादनलाई समेत बढाई अर्थतन्त्र धराशाही हुनबाट जोगाउन सकिन्छ ।सिंचाइका लागि कुलो,नहर,पोखरी ,प्लास्टिकको पोखरी ,भण्डारण गृह ,संकलन केन्द्र आदि जस्ता पुर्वाधार त्यहि जनशक्तीको अधिकतम सदुपयोग गरेर गर्नु पर्दछ।
फौजी किराको प्रकोपका कारण पुर्व देखि पश्चिम सम्मका कृषकहरु अक्रान्त बनेका छन्। गाउँ फर्केका जनशक्ती यस तर्फ चिन्तित बनेका भएपनि उपयुक्त सुझाव तथा किट्नासकको अभावले किंकर्तव्यविमुढ भएर बसेका छन्।
यस तर्फ यदि तुरुन्तै सरकारी ध्यान नजाने हो भने महत्वपुर्ण खाद्य वाली मकैको आय आर्जन बाट हात धुनु पर्नेछ। त्यस्तै अफ्रिकी देश सुडानबाट एसिया प्रवेश गरेर अरेवियन प्राय द्विप पार गरेर पाकिस्तान, भारतको राजस्थानलाई प्रभावित पार्दै दिल्ली सम्म आईसकेको सलह नेपाल प्रवेष गर्ने क्रममा रहेको समाचार आईरहेका छन्।
यदी त्यसको रोकथाममा समय आगावै लागि नपर्ने हो भने सलहले नेपालको नगदे तथा खाद्य बाली पुरै नष्ट नगर्ला भन्न सकिन्न।तेस्तै केहि क्षेत्रमा देखिएको गवारो र डढेलोलाई पनि यथाशीघ्र रोकथाम गर्नु पर्ने देखिन्छ।
केही ठुला कार्यक्रम जस्तै रासायनिक मल उत्पादन गर्ने कारखाना ,खाद्य प्रशोधन उद्योगको स्थापना ,भण्डारणको स्थापना ,नहरहरुको निर्माण तथा जिर्णोद्वार र केही साना कार्यक्रम जस्तै शहरी क्षेत्रमा करेसा तथा कौसी खेती कार्यक्रम ,ग्रामीण क्षेत्रमा कृषि विविधिकरण ,मिश्रित खेती प्रणालीको प्रभावकारी प्रयोग ,बजारीकरण ,कृषि शहरीकरणको स्थापना र तिनको समुचित सदुपयोग गर्ने हो भने कृषि मा आश्ररित देशको अर्थतन्त्रलाई आत्मनिर्भर बनाइ समस्त आर्थिक क्षेत्र नै सुदृढ बनाउन सकिन्थ्यो कि ?
तपाइँको प्रतिक्रिया ।