गोकर्णेश्वर ७ का कोरोना संक्रमित ब्यक्तिका परिवारको स्वाव परिक्षणको लागि पठाइएको छ :वडा अध्यक्ष केशब गुरुङ
कपन अनलाइन
काठमाडौं, जेठ १२ ।गोकर्णेश्वर नगरपालिका वडा नम्बर ७ का युवकमा कोरोना भाइरसको संक्रमण देखिएपछि उनका परिवारका थप दुई जनाको पीसीआर परीक्षणका लागि नमुना संकलन गरिएको छ। संक्रमित देखिएका युवक ग्रान्डी अस्पतालका कर्मचारी हुन्।
‘गोकर्णेश्वर नगरपालिका ७ का अध्यक्ष केशव गुरुङका अनुसार संक्रमित ब्यक्ति ‘धेरै बाहिर निस्किने र घुलमिल गर्ने खालको नभएकाले धेरै फैलिने सम्भावना कम छ,’त्यसैले धेरै आत्तिनुपर्ने अवस्था छैन।’ तर त्यसो भन्दैमा सतर्कता अपनाउन छाड्न नहुने बताए। उनले अहिले संक्रमित बस्ने क्षेत्रलाइ उच्च जोखिममा राखिएको र सुरक्षित रहन भनिएको पनि बताए ।
उनका अनुसार परिवारका दुई जनाको पीसीआर परीक्षणका लागि थ्रोट स्वाब संकलन गरेर पठाइसकिएको छ। संक्रमितको घर सिल गरेर परिवारका सदस्यलाई आइसोलेसनमा रहन भनिएको पनि बताए । ‘उहाँहरुको रिपोर्टमा पोजेटिभ देखियो भने उहाँहरुसँग भेट भएका अरु मानिसहरुको ट्रेसिङ गर्नुपर्ने हुन्छ,’ ‘हामी त्यसका लागि तयारी अवस्थामा छौं अध्यक्ष गुरुङले भने,।
‘उनले आम नगरबासीलाइ लकडाउनको पूर्ण पालना गर्न पनि अनुरोध गरेका छन । उनले वडा बासीलाई त्रसित नभई संयमित भएर सुराक्षित रहन पनि अनुरोध गरेका छन।
फोटो :सरोज बस्नेत