कपन अनलाइन

काठमाडौं ,जेष्ठ १२।

बूढानीलकण्ठ नगरपालिकाका कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएका  व्यक्ति ‘निजी एम्बुलेन्स’ सञ्चालक स्वयंसेवी  भएको पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार सोमबार थपिएका ७२ कोरोना संक्रमितमा बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ का ३७ वर्षका एक पुरुष रहेका थिए  ।

बुढानिलकण्ठ  नगरपालिकाका प्रमुख  उद्धव प्रसाद खरेलका अनुसार उनी आफ्नो निजी गाडीलाई एम्बुलेन्सका रुपमा प्रयोगगरेर अप्ठ्यारोमा परेकाहरूलाई अस्पताल पु‍र्‍याउने समाजसेवी कार्यमा सक्रिय रहेका थिए।

नगरपालिकाले  पाँच वटा निजी एम्बुलेन्सका लागि अनुमति दिएका सवारी मध्ये ति पुरुषको गाडीले  डायलासिस गर्ने, सुत्केरी लगायतलाई आफ्नो निजी गाडीबाट अस्पताल लैजान र ल्याउन सहयोग गर्दै आआएको खरेलले जानकारी दिएका छन।

बुढानीलकण्ठ नगरपालिकाले जेठ ८ र ९ गते २ सय ७६ जनाको आरडीटी विधिबाट परीक्षण गरेको थियो । त्यस क्रममा ती पुरुषको रिपोर्ट नेगेटिभ आएको थियो तर  ती पुरुषसहित ५१ जनाको स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा उनको नतिजा पोजिटिभ आएको हो  । उनलाई टेकु अस्पतालको आइसोलेसनमा लगिएको छ ।

तपाइँको प्रतिक्रिया ।