महानगरीय प्रहरी वृत्त कालिमाटीमा कार्यरत सई र प्रहरी जवानमा कोरोना संक्रमण देखिएपछि मङ्गलबार रातिदेखि प्रहरी वृत्त पूरै सिल गरिएको छ ।

वृत्तभित्र ट्राफिक प्रहरीको कार्यालय तथा महिला ब्यारेक समेत रहेको थियो ।

वृत्तमा २ सयभन्दा बढी प्रहरी कार्यरत रहेको र आज सबै प्रहरीको स्वाबको नमुना संकलन गर्न लागिएको छ ।

कोरोना संक्रमण पुष्टी भएका सई र जवान पनि प्रहरी ब्यारेकमै बस्ने गरेका थिए ।

अब उनीहरुको परिवारको सदस्यको पनि नमुना सङ्कलन गर्न लागिएको प्रहरीले जनाएको छ ।

वृत्त पूरै सिल गरिएपछि अहिले कालीमाटी वृत्तको क्षेत्रभित्र रहेको स्थानको सुरक्षा तथा ड्युटीको जिम्मा काठमाडौँ परिसरले लिएको छ ।

सो वृत्तका प्रहरीहरुको परिक्षण पस्चात शशस्त्र प्रहरी गण २ नम्बर बाहिनीको क्वारेन्टाइनमा राख्ने तयारी गरिएको छ।