नेपाली काँग्रेस काठमाडौं जिल्ला कार्य समितिले गर्यो अनलाइन मार्फत बैठक
कपन अनलाइन
काठमाडौं जेठ ५ । नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिले जुम सफ्टवयरबाट अनलाई बैठक गरेको छ। नेपालमा सरकारले कोरोना रोकथामका लागि गरिएको लकडाउनको कारण कोहि पनि घर बाहिर निस्किन पाएका छैनन, लकडाउनका कारण सामाजिक दुरि कायम गर्नुपर्ने भएको भन्दै नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्य समितिले जुम सफ्टवयरबाट अनलाई बैठक गरेको हो ।
सभापति सवुज बाँनियाको सभापतित्वमा भएको बैठकमा काठमाडौं जिल्ला कार्य समितिका ४२ जना पदाधिकारी र सदस्यहरु सहभागि भएका थिए । बैठकले काठमाडौंमा कोरोना भाइरसको जोखिम उच्च रहेको भन्दै सचेतना बढाउने निर्णय गरेको छ।‘काठमाडौंमा पनि कोरोना भाइरसको जोखिम बढ्न थालेकाले जिल्लाको पार्टी संयन्त्रलाई यसको रोकथाम र नियन्त्रणमा परिचालन गर्ने निर्णय गरेको जिल्ला कार्य समितिका सदस्य एबम बागमती प्रदेशका प्रदेशसभा सदस्य छिरिंग दोर्जे लामाले बताए ।
बैठकले जिल्लाका अति विपन्न परिवारलाई राहत वितरण गर्ने पनि निर्णय गरेको र काठमाडौं क्षेत्र नम्वर १ का सभापति प्रकाश राणाको आमाको निधनप्रति गहिरो दुख व्यक्त गर्दै परिवारमा समवेदना पनि प्रकट गरेको पनि उनले बताए । नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्य समितिले आज पार्टीको परिक्षणको लागि जुम बैठक गरेकाले आगामी दिनमा पुनः यस्तो बैठक नियमित गर्ने योजना रहेको पनि बताए ।अनलाईन प्रविधिबाट नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्य समितिले बैठक गर्यो अरु जिल्ला कार्यसमितिले पनि अनुशरण गर्न उनले आग्रह गरेका छन। उक्त बैठकको प्राविधिक पक्ष जिल्ला कार्य समितिका सदस्य रामशरण पाण्डेले हेरेका थिए ।