महानगरीय प्रहरी प्रभाग थलीलाई एनटिए द्वारा मास्क सहयोग
कपन अनलाइन
काठमाडौं जेठ ४।
कोरोना भाइरस (कोभिड १९) का कारण खाद्यान्नको समस्या भोगिरहेका ब्यक्तिहरुलाई खाद्यान्न सहयोग गर्दै आइरहेको नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) ले आज कागेश्वरी मनोहरा नगरपालिका वडा नं ५ थलीमा रहेको महानगरीय प्रहरी प्रभागमा कार्यरत प्रहरीहरुको लागि मास्क सहयोग गरेको छ ।
कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरण गर्न अग्रपंक्तिमा बसेर काम गरिरहेका प्रहरीलाई स्वास्थ्य सामग्री अन्तर्गत KN95 मास्क ९ थान र नर्मल मास्क ५० थान सहयोग गरेको नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए)का अध्यक्ष अशोक खड्काले बताए। उक्त सामग्री उनले महानगरीय प्रहरी प्रभाग थलीका कार्यलय प्रमुख प्रहरी नायब निरीक्षक रामेश्वर खडकालाइ आज हस्तान्तरण गरेका हुन् ।
अशोक खड्काका अनुसार अहिलेको अबस्थामा प्रहरीले रातदिन नभनेर डिउटीमा खटिनुपर्ने र कतिबेला भाइरसले संक्रमण हुन्छ थाहा नहुने भएकाले प्रहरीलाई जोखीमबाट बच्नका सानो भए पनि मास्क सहयोग गरेको बताए ।
उनले रात दिन नभनी ड्युटीमा खटिएका सुरक्षाकर्मिहरुको मनोबल बढाउन सहयोग गरेको बताए । सामग्री ग्रहण गर्दै महानगरीय प्रहरी प्रभाग थलीका कार्यलय प्रमुख प्रहरी नायब निरीक्षक रामेश्वर खडकाले सहयोगको लागि धन्यवाद दिएका थिए ।साथै उनले सो मास्क सो प्रभागमा कार्यरत प्रहरीहरुलाई वितरण गरेका थिए ।