कर तथा राजस्वका वारेमा सुझाव संकलनमा राजस्व परामर्श समिति बुढानिलकण्ठ
कपन अनलाइन
काठमाडौं ,बैशाख ३१।बुढानिलकण्ठ नगरपालिकाको राजस्व परामर्श समितिले आगामी आर्थिक वर्षको लागि करको दर ,दायरा र हाल देखिएका समस्याहरुका वारेमा छलफल शुरु गरेको छ।
राजस्व परामर्श समितिले आम नगरवासीवासीको सुझाव माग गर्दै शुरु गरेको अभियानमा क्रममा जनप्रतिनिधि तथा कर्मचारीहरु संग छलफल गरेको हो।
बुढानिलकण्ठ नगरपालिकाका १३ वटै वडाका जनप्रतिनिधि,वडा सचिव तथा राजस्व शाखाका कर्मचारीहरु संग कर, राजस्व तथा अन्य सेवालाई प्रभावकारी बनाउन अपनाउनु पर्ने उपाय र विधमान समस्याका वारेमा छलफल गर्ने क्रममा समितिले हाल सम्म १० वटा वडा हरु संग छलफल गरिसकेको उपप्रमुख तथा सो समितिकी प्रमुख रमा राइले जानकारी दिएकी छन।
पहिलो चरणमा वडा नं ८ को कार्यालयमा वडा नं ५,६,७ र ८ संग छलफल गरेको समितिले दोश्रो चरणमा वडा नं १० को कार्यालयमा वडा नं ९,१०,११,१२ र १३ संग अन्तरक्रिया गर्दै सुझाव संकलन गरिएको थियो।
नगर उपप्रमुख राई संगै उक्त छलफलमा प्रमुख प्रशासकीय अधिकृत नारायण रिसाल , नगर प्रवक्ता तथा वडा नं १० का अध्यक्ष नवराज भट्टराई,वडा नं ९ का अध्यक्ष राजेन्द्र सापकोटा ,वडा नं १२ का अध्यक्ष शम्भु भट्टराई ,वडा नं १३ का अध्यक्ष श्रीकृष्ण श्रेष्ठ,नगर कार्यपालिका सदस्य शान्ता ढकाल , नगरपालिका राजस्व शाखाका अच्युत खड्का सहित वडा सदस्य,वडा सचिव तथा राजस्व शाखामा कार्यरत कर्मचारीहरु सहभागी रहेका थिए।
उक्त छलफलमा राजस्व अशुलिमा देखिएका समस्या ,सामाधानका उपाय र आगामी दिनमा करको दायरा बढाउदै सबै करदातालाई समेट्ने उपायका वारेमा महत्वपूर्ण सुझाव आएको बताउदै उपप्रमुख राईले बाकि वडाहरु संग अन्तरक्रिया सके पश्चात बिज्ञहरु संग परामर्श गर्ने जानकारी दिएकी छन।
उक्त छलफलमा नगरपालिकाले आगामी दिनमा ठुला र दुरगामी महत्वका योजना निर्माण गर्नुपर्ने बताउदै उपप्रमुख राईले अवका दिनमा नमुना सुपथ मुल्य पसल, सामुहिक उत्पादन मुलक व्यवसाय संचालन तर्फ योजना बनाउनका लागि वडाहरु संग आग्रह गरेकी थिइन्।
राजस्व परामर्शको छलफल सके संगै योजना तर्जुमाका लागि अन्तरक्रिया शुरु गर्ने जानकारी दिदै उपप्रमुख राईले सामुहिक उत्पादनमुलक कार्यमा महिला समुहहरुको भूमिका प्रभावकारी हुनु पर्ने धारणा राखेकी थिइन्।
समितिले शिरु गरेको छलफलमा सहभागी कर्मचारीहरु बाट प्राविधिक पक्षको सुधार र व्यवस्थापनका लागि आग्रह गरिएको नगर कार्यपालिका सदस्य तथा राजस्व परामर्श समितिकी सदस्य शान्ता ढकालले बताएकी छन।करको दायरा वृद्धिका लागि नगरपालिकाका व्यवसायहरुको विधुतीय अभिलेखीकरण गर्दै ति व्यवसायहरुलाई राजस्वको दायरामा ल्याउने वारेमा सुझाव प्राप्त भएको बताउदै ढकालले नगरपालिकाले प्राप्त सुझावका आधारमा योजना बनाइने जानकारी दिएकी छन।