वि पी संग्राहलय मार्फत घर घर पुगी स्वास्थ परिक्षण गर्दै डाक्टर प्रकाश पोखरेल

वि पी संग्राहलय मार्फत घर  घर पुगी स्वास्थ परिक्षण गर्दै डाक्टर प्रकाश पोखरेल

कपन अनलाइन

काठमाडौं बैशाख ३०। बिपी सङ्ग्रहालय समिति द्वारा वडा संगको समन्वयमा  घर  घरमै स्वास्थ परिक्षण अभियान संचालन गरेको छ ।कोरोना भाईरस (कोभिड १९)को महामारी एबम् लकडाउनको मारमा रहेका सुगर प्रेसरका बिरामीहरु अस्पताल,क्लिनिक सम्म पुगेर आफ्नो स्वास्थ जाँच गर्न नसक्न्ने अबस्थामा विपि संग्रहालय सुन्दरीजल द्वारा गोकर्णेश्वर नगरपालिका वडा न १ मूलखर्कमा निशुल्क स्वास्थ जाँच तथा औषधि बितरण गरिएको छ  ।

डा.प्रकाश पोखरेल नेतृत्वको टोलिले ८० जना बिरामीको निःशुल्क स्वास्थ जाँच एवम परामर्श प्रदान गरेको थियो । स्वास्थ्य परिक्षण गर्दै डा.पोखरेलले स्थानीयहरुलाई कुनै पनि स्वास्थ्य सम्बन्धि समस्या वा जिज्ञासा रहे आफू कुनैपनि बेला सहयोग गर्न तयार रहेको बताए। सुगर प्रेसर जचाएर औषधि पाए पछि खुशी हुँदै स्थानियले त्यस कार्यबाट हर्षित हुँदै डा. प्रकाश पोखरेल र बिपी संग्रहालय प्रति आभार धन्यबाद समेत व्यक्त गरेका थिए  ।

उनले कागेश्वरी मनोहरा नगरपालिकाको आलापोट भद्रबास लगायतको स्थानमा पुगी स्वास्थ्य जांच गर्दै आएका छन ।  उनले यस अघिनै गोकर्णेश्वर नगरपालिका क्षेत्रको बिकट स्थानमा लक डाउन बाट प्रभावित बिरामीहरुलाई स्वस्थ्य सेवा पुर्याउने घोषणा गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।