छहारी भवन बुढानिलकण्ठ ७ मा निशुल्क स्वास्थ्य शिबिर हुने
कपन अनलाइन
काठमाडौं ,बैशाख ३०। बुढानिलकण्ठ नगरपालिका वडा नं ७ हात्तीगौडा स्थित छहारी भवनमा आज बैशाख ३० गते मंगलबार निशुल्क स्वास्थ्य शिबिर हुने भएको छ।
सुरक्षित बिधि अपनाएर सर्व साधारण ,ज्येष्ठ नागरिक, महिला ,गर्भवती महिला तथा बालबालिकाहरुलाई लक्षित गरि आयोजना गर्न लागिएको सो शिबिरमा स्वास्थ्य परिक्षणको लागिअपराह्न १ बजे देखि ३ बजे सम्म नाम दर्ता गराउन सकिने छ भने अपरान्ह ३ बजे देखि साँझ ५ बजे सम्म स्वास्थ्य परिक्षण गरिन लागिएको हो। थप जानकारीको लागि ९८४१३१२६७७ मा सम्पर्क गर्न सकिने छ।
तपाइँको प्रतिक्रिया ।