बित्पाते सोल्टी ! ( गजल )
कपन अनलाइन
काठमाडौं ,बैशाख २८/नारायण नेपाल
कता न कता पस्न मनगर्छ !
हृदयभित्र बस्न मनगर्छ !
खैँचेर तनको भूगोल मेरो,
अंगालो भरी कस्न मनगर्छ !
पिएर पनि दूधको कुन्ड,
सर्पले जस्तो डस्न मनगर्छ !
सोल्टीले आपद् पार्छ, न किन ?
लौ अझै तल खस्न मनगर्छ !
नजर र अधर लट्पट पार्दै,
मायाको छुरा धस्न मनगर्छ !
बरबुट्यान सारा, ओखतीअरे,
निचोरी सबै घस्न मनगर्छ !
तपाइँको प्रतिक्रिया ।