काठमाडौंका प्रमुख जिल्ला अधिकारी द्वारा काभ्रे र सिन्धुपाल्चोक जोड्ने शंखरपुर नगरपालिकाका नाकाहरु निरिक्षण

काठमाडौंका प्रमुख जिल्ला अधिकारी द्वारा काभ्रे र सिन्धुपाल्चोक जोड्ने  शंखरपुर नगरपालिकाका नाकाहरु निरिक्षण

कपन अनलाइन

काठमाडौं बैशाख २६। जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले सिन्धुपाल्चोक  र काभ्रे जिल्ला जोडिएको  शंखरापुर नगरपालिका भित्र पर्ने नाकाहरूको  निरिक्षण गरेका छन ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका  सहायक जिल्ला अधिकारी जिबन आचार्य, महानगरिय ट्राफिक प्रहरी महाशाखाका एस एस पि भिमराज ढकाल, राष्ट्रिय अनुसन्धान बिभागका एस पि उत्तम खनाल , सशस्त्र प्रहरीका एस पि दिपेन्द्र कुमार शाह र सिहं दरवार ब्यारेकका  प्रमुख सेनानी मेहेन्द्र पुन लगायतको टोलीले बैशाख २३ गते  इन्द्रायणी, जर्सिङ पौवा , चापाबोट र कात्तिके लगायतको स्थानमा नगरपालिका द्वारा स्थापना गरिएको हेल्थडेस्कको समेत निरीक्षण गर्दै त्यहाको अवस्थाको बारेमा जानकारी लिएका थिए  ।

प्रमुख  जिल्ला अधिकारी दाहाललाइ  शंखरापुर नगरपालिकाका उप प्रमुख शुक्र लक्ष्मी श्रेष्ठले लक डाउन  प्रभावकारी बनाउन शंखरापुर नगरपालिकाले गरेका प्रयासबारे अवगत गराउनुको साथै नगरपालिकाले स्थापना गरेको हेल्पडेक्समा खटिएका स्वास्थ्यकर्मीहरूले नाका हुदै आवतजावत  गर्नेहरुको ज्वरो  नापेर मात्र पठाउने गरेको  जानकारी गराएकी  थिइन  ।

काठमाडौंनाकाहरूको निरिक्षण पश्चात महानगरीय प्रहरी प्रभाग साँखुमा पुगी सुरक्षा अवस्थाबारे छलफल समेत गरिएको थियो । उक्त छलफलमा महानगरीय प्रहरी प्रभाग साँखुका कार्यलय  प्रमुखप्रहरी निरीक्षक  गोबिन्द पन्थीले सिमा जोडिएका नाकाहरूको  सुरक्षा अवस्था  बारे जानकारी गराएका थिए  ।

फोटो :शंखरापुर न्युज

तपाइँको प्रतिक्रिया ।