निशुल्क भोजन बाट बौद्ध ६ रामहिटीमा दैनिक १५ सय बढी लकडाउन प्रभावित लाभान्वित

निशुल्क भोजन बाट  बौद्ध ६ रामहिटीमा दैनिक १५ सय बढी लकडाउन प्रभावित  लाभान्वित

कपन अनलाइन

काठमाडौं बैशाख २६ ।काठमाडौं महानगरपालिका वडा नं ६ साहित्य सदन रामहिटीमा  लकडाउन प्रभावितहरुलाई निशुल्क भोजन अभियान जारी रहेको छ ।बैशाख १९ गते देखि शुरु गरिएको उक्त अभियानको पहिलो दिनमा ८१३ जनाले खाना खाएकोमा  आजको मिति सम्म आइपुग्दा दैनिक १५ सय जना लाभान्वित भएकोकाठमाडौं महानगरपालिका वडा नं ६  बिपत ब्यबस्थापन तथा नागरिक सुरक्षा समिती का उपाध्यक्ष आर सी भण्डारीले कपन अनलाइनलाइ बताए ।

 उनले स्थानीय  रामहिटी बज्र युवा क्लब , सुबिगाउ, युवा क्लब , शिद्देश्वर युवा , मित्रनगर महिला समूह,सुकार्य महिला समूह, बज्र महिला समूह र रामहिटी बज्रनगर टोल सुधार समितिको सयुक्त आयोजना एबम काठमाडौं महानगरपालिका वडा नं  ६ बौद्धको सहकार्य, प्रत्यक्ष निगरानी एबम  संरक्षकत्वमा एक छाक साँझ निशुल्क भोजन अभियान संचालन गरिएको बताए ।

 उनले  अभियान बाट सो क्षेत्रका विपन्न  परिवार तथा दैनिक ज्यालादारी गर्ने व्यक्तिहरु लावान्भित भएको बताए। उनले सो अभियानमा बिभिन्न ब्यक्ति सामाजिक संघ सस्था तथा दाताहरु बाट पनि सहयोग प्राप्त भएको बताए ।सरकारले लकडाउनको अवधि लम्ब्याउदै जाँदा दैनिक ज्यालादारी गर्ने श्रमिकहरु मारमा परेका न उनीहरु आफ्नो घर फर्कन पाएका छन् न त पर्याप्त राहत नै यस्तो अवस्थामा तयारी खाना खुवाउने अभियान  बाट बास्तविक पिडितहरु लाभान्वित भएका छन ।

तपाइँको प्रतिक्रिया ।