गोकर्णेश्वर नगरपालिकामा जारी रहेको निशुल्क भोजन अभियान स्थगित गरिएको छ :नगर प्रमुख सन्तोष चालिसे

गोकर्णेश्वर नगरपालिकामा जारी रहेको निशुल्क भोजन अभियान स्थगित गरिएको छ :नगर प्रमुख सन्तोष चालिसे

कपन अनलाइन

काठमाडौं बैशाख २६। गोकर्णेश्वर नगरपालिका भित्र संचालित लकडाउन प्रभावितहरुलाई निशुल्क भोजन अभियान स्थगित भएको छ। नगरपालिका क्षेत्रमा असंगठित क्षेत्रका मजदुर,दैनिक ज्यालादारी गर्ने एबम अति बिपन्न नागरिकहरुलाई समन्वयमा स्वयं सेवक ब्यक्ति संस्था र दाताहरुको सक्रियतामा निशुल्क भोजन गराई आएकोमा उक्त सेवाको सर्वोत्कृष्ट नमुना प्रस्तुत गरेकोमा सम्पूर्ण संघ संस्था एबम स्वयम् सेवक र दाताहरुलाइ गोकर्णेश्वर नगरपालिकाको तर्फ बाट नगर प्रमुख सन्तोष चालिसेले आभार ब्यक्त गरेका छन।

 उनले २०७७ साल बैशाख २५ गते नगर प्रमुख सहित स्वयम सेवीब्यक्ति एबम संस्थाहरुको बैठकहको निर्णय अनुसार २०७७ साल बैशाख २४ गते बसेको नेपाल सरकार मन्त्रि परिषदको निर्णय बाट सामाजिक दुरी कायम गरि कलकारखाना, विकास निर्माण तथा मर्मत सम्भारका कार्यहरु सुचारु गर्ने गरि श्रम क्षेत्रलाइ खुकुलो पार्दै लैजाने निर्णय भएकोले हाल गोकर्णेश्वर नगरपालिका क्षेत्रमा गराइदै आइरहेको निशुल्क भोजन कार्य मिति २०७७ बैशाख २७ गते देखि पूर्ण रुपमा रोकिएको जानकारी गराए।

साथै उनले पछि परिस्थिति अनुसार सो क् कार्यलाई निरन्तरता दिनु पर्ने भएमा पुन :हाल सेवा पुर्याईरहेका स्वयं सेवी ब्यक्ति तथा संस्थाहरु संग नै समन्वय गरि निर्णय गरिने पनि बताए। उनले उक्त कार्यलाई एक द्वार नीति अपनाई राहतका क्रियाकलाप अघि बढाइने पनि बताए। साथै उनले यस दौरानमा नगरपालिकासंग समन्वय तथा स्वीकृति प्राप्त  नगरी राहतका कार्यक्रमहरु गर्न पनि पूर्ण रुपमा बन्देज गरिएको पनि जानकारी गराए ।  सो को बारेमा नगरपालिकाले सार्वजनिक सुचना समेत जारी गरेको छ ।

फोटो :सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।