विपन्न परिवारलाई सज्जन महिला साकोसको सहयोग

विपन्न परिवारलाई सज्जन महिला साकोसको सहयोग

कपन अनलाइन

काठमाडौं ,बैशाख २४।

 सज्जन महिला साकोस काठमाडौं महानगरपालिका वडा नं ६ शान्तिनगरले विपन्न तथा गरिव परिवारहरुलाई सहयोग गरेको छ।

बैशाख २३ गते मंगलवार सस्थाका सदस्य,अशक्त तथा ज्यालादारी काम गरी खाने २० विपन्न परिवारलाई वडा नं ६ का  सदस्य जयराम पुडासैनीको उपस्थितिमा सहयोग हस्तान्तरण गरिएको थियो।

सस्थाकी अध्यक्ष सीमा पुरी, लेखा समिति संयोजक  शोभा खरेल, ब्यबस्थापन नगीना सिह भन्डारीले  सहजीकरण गरेको  उक्त सामाग्री  बितरण गर्नका लागि लक्ष्मी मगर,पद्मा पुरी,बबिता बस्नेत ,गिता खतिवडा,रमिला लामिछानेले सहयोग गरेका थिए।

सो संस्थाको उक्त अभियानमा  सदस्य निशा निरौला रु ५००५ नगद सहयोग गरेकी थिइन् भने प्रतिमा निरौलाले ७ बोरा चामल,  सदस्य गिता नेपाल बाट २५ किलो काउली ५ किलो टमाटरर १ किलो खुर्सानी र  सदस्य कामना ढुंगाना बाट २० पाकेट मस्यौरा , लक्ष्मी आचार्यले १५ पाकेट नुन र ॐ शान्तिका प्रतिनिधि बाट ३ पाकेट नुन सहयोग गरेका थिए।

सो कार्यमा सहयोगी सदस्यहरुलाई सज्जन महिला साकोसको तर्फबाट धन्यवाद दिदै संस्थाकी अध्यक्ष सीमा पुरीले ७ औ चरणको राहतको तयारीमा जुट्ने जानकरी दिएकी छन।

तपाइँको प्रतिक्रिया ।