गोकर्णेश्वर नगरपालिका कृषि शाखा द्वारा कृषकहरुलाई बिउ बिजन बितरण
कपन अनलाइन
काठमाडौं, बैशाख २३ ।गोकर्णेश्वर नगरपालिका कृषि शाखा द्वारा निशुल्क बिउ बिजन वितरण गरेको छ ।कृषकहरुको माग लाई ध्यानमा राखि ५० प्रतिशत अनुदानमा खुमल चार धानको बिउ र केही तरकारीको बिउ बिजन प्रत्येक वडा बाट वितरण गरिदै आएको छ ।
गोकर्णेश्वर नगरपालिका वडा नं ३ सुन्ताखानमा करिब २२५ जनालाई तरकारीको बिउ वितरण गरिएको वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारीले बताए उनले लक डाउनका कारण सबै जना वडा सम्म आउन नसकेको अवस्थामा आज तरेभिरमा आफै पुगेर बिउ बिजन वितरण गर्न लागेको बताए। उनले अत्याधिक मागका कारण हाल लाइ भएको वितरण गरिएको र र थप बिउ बिजनको लागि नगरपालिकामा माग गरिएको पनि बताए।
त्यस्तै गोकर्णेश्वर नगरपालिका वडा नं ४ गोकर्णमा पनि करिब २ सय जनालाई निशुल्क तरकारीको बिउ बिजन वितरण गरिएको वडा सचिब नवराज सेनले बताए। उनले कृषकहरुलाई मध्यनजर गर्दै ५० प्रतिशत अनुदानमा खुमल चार धानको बिउ पनि वितरण गरिदै आएको बताए । गोकर्णेश्वर ९ मा पनि करिब २४० जनालाई तरकारीको बिउ वितरण गरिएको वडा अध्यक्ष राजिब थापाले जानकारी गराए।
कोरोना महामारीको संत्रास कहिले सम्म रहने हो टुंगो छैन, खाध्य संकट उत्पन्न भइ भयाभह अवस्था सृजना नहोस भन्ने उदेश्य सहित नगरपालिकाले राहातको नाममा बाढिएको खाधान्न संगै आन्तरिक उत्पादन लाई बढवा दिन कृषकहरुलाई कृषि बिउ-बिजन पनि वितरण गरिएको बताए । गोकर्णेश्वर नगरपालिका कृषि शाखाले नगरपालिकाको ९ वटै वडा बाट बिउ बिजन वितरण गरिरहेको छ ।
अभाव र जनगुनासोलाई मध्यनजर गर्दै सहुलियत रुपमा कृषकलाई बिउविजनको प्रवन्ध मिलाइएको नगर प्रमुख सन्तोष चालिसेले बताए । लकडाउनका कारण कृषि उत्पादन प्रभावित हुन नदिनको लागि तयारी गरेको र सोहि अनुरुप अहिलेलाइ बिउ बिजन वितरण गरिएको बताए।