स्वतन्त्र टोल सुधार समिति गोकर्णेश्वर ३ द्वारा खाद्यान्न सहयोग
कपन अनलाइन
काठमाडौं बैशाख २१ ।गोकर्णेश्वर नगरपालिका वडा नं ३ सुन्ताखान मा रहेको स्वतन्त्र टोल सुधार समितिले लकडाउन प्रभावित करिब११ सय ३० बिपन्न तथा मजदुरलाई दैनिक आवश्यक खाद्यान्न सहितका सामग्री बितरण गरेको छ। स्थानीय सामाजिक ब्यक्ती तथा ब्यवसायीहरुको सहयोगमा संकलित तथा समितीको आफ्नै स्रोत मार्फत दैनिक उपभोग्य सामाग्रीहरु गोकर्णेश्वर नगरपालिका वडा नम्बर -३ का बिपन्न तथा मजदुरलाई बितरण गरिएको टोल सुधार समितीका अध्यक्ष जय राम बिष्टले बताए ।
उनका अनुसार कोरोना भाइरस (कोभिड १९) महामारी रोकथामको लागि नेपाल सरकारले अंगिकार गरेको लक डाउन नीतिको कारण असहाय, अपांग, फरक क्षमता भएका व्यक्तिहरू तथा ज्यालादारी गरी गुजारा चलाउने व्यक्तिहरु समस्यामा पर्न गई दैनिक खाना खान समेत मुस्किल परेको बिषम परिस्थितिमा त्यस्ता ब्यक्तिहरुको लागि वडाले संकलन गरेको अभिलेखको आधारमा खाद्यान्न सहयोग गरेको बताए ।त्यही अभिलेखलाई आधार मान्दै ११ सय ३० जनालाई पहिलो चरणको राहत बितरण गरेको बताए । उक्त सामग्री पाउनु नपर्नेले नपावोस र पाउनै पर्ने नछुटोस भन्ने उदेश्य सहित वितरण गरिएको बताए ।
समितिले प्रति ब्यक्ती १२ किलो चामल, आधा लिटर तेल, १ किलो चिनी, १ किलो दाल, १ प्याकेट नुनको साथमा मास्क र साबुन वितरण गरेको स्वतन्त्र टोल सुधार समितिका सचिब रामेश्वर बिष्टले बताए। सरकारले लक डाउनको अवधि लम्ब्याउदै जाँदा दैनिक ज्यालादारी गर्ने श्रमिकहरु मारमा परेका भन्दै न उनीहरु आफ्नो घर फर्कन पाएका छन् न त पर्याप्त राहत नै यस्तो अवस्थामा दाताहरुको सहयोगमा प्राप्त सामग्री वितरण गरिएको बताए ।
उनले उक्त खाद्यान्न सहितको सामग्री नगर प्रमुख सन्तोष चालिसे उप प्रमुख शान्ती नेपाल, प्रमुख सल्लाहकार दिपक रिसाल, वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी लगायत स्थानीयको उपस्थितिमा खाद्यान्न वितरण गरिएको बताए ।
खाद्यान्न सहयोग उपलब्ध गराउनेहरुको सुची यस्तो छ :
रमेश घोरासैनी – २० बोरा चामल
दीपेन्द्र बिष्ट घट्टेखोला -२० बोरा चामल
साँङ्ग्रिला किड्स होम – ९ बोरा चिनी
– ३० बोरा दाल
– ९ प्याकेट तेल
समितीको तर्फबाट – ३० बोरा चामल
– १ बोरा चिनी
– १ लाखको औषधी
बि पि कोईराला सङ्रालय सुन्दरिजल – १ हजार मास्क
– २ सय साबुन
दिपक थापा – ३० बोरा चामल
के डि शेर्पा अत्तरखेल – ४१ बोरा चामल
हेमराज सिलवाल जोरपाटी – ३० बोरा चामल
हेग्री भैरब बलुवा तथा प्रशोधन केन्द्र – २०० बोरा चामल
राजन कार्की उमेश कार्की बालकृष्ण भण्डारी
कुमार र अमरको टिम – ७५ बोरा चामल
– २० बोरा नुन
राजेन्द्र भण्डारी ( वडा अध्यक्ष ) – २५ बोरा चामल
सन्तोष चलिसे ( नगर प्रमुख ) तथा दिपक रिसाल – २० बोरा चामल
फोटो : हरिबोल बिष्ट