प्रकोप नियन्त्रणको अग्रमोर्चामा लड्ने योद्धाहरुलाई सिद्धेश्वोर योग साधना केन्द्रको खाजा अभियान
कपन अनलाइन
काठमाडौं ,बैशाख २१।
बूढानीलकण्ठ नगरपालिका वडा नं १० मा रहेको सिद्धेश्वोर योग साधना केन्द्रद्वारा दिवा खाजा वितरण शुरु गरेको छ।
लकडाउनको समयमा पनि प्रत्येक दिन जनताको सुरक्षाका लागि लागि परेर आफ्नो जिम्मेवारी पूरा गर्दै गरेका विभिन्न क्षेत्रमा कार्यरत व्यक्तिहरुका लागि खाजाको व्यवस्था गरिएको संस्थाको अध्यक्ष कमला देवी पाण्डेले दिएकी छन।
बूढानिलकण्ठ नगरपालिकाभित्र लकडाउनलाई प्रभावकारी बनाउनका लागि र जनताहरुको सुरक्षाका लागि सक्रिय रहेका महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठ र कपन प्रभागबाट दिनरात खटिरहेका सुरक्षाकर्मी, नगरपालिकाभित्र कोरोना नियन्त्रणका लागि स्वास्थ्य सुरक्षाका लागि कार्यरत स्वास्थ्यकर्मीहरु, नगरपालिका भित्रका सञ्चारकर्मीहरु, नगरपालिकाका कर्मचारी लगायतलाई खाजाको व्यवस्था गरेको संस्थाले जानकारी दिएको छ।
बुढानिलकण्ठ नगरपालिका भित्र कोरोना विरुद्ध कार्यरत रहेका करिव २०० जनालाई खाजा बितरण गरिने जानकारी दिदै नगरपाालिका भित्र कार्यरत हरेक व्यक्तिहरुलाई लकडाउनको अवधिभर खाजाको व्यवस्थापन गरि वितरण कार्यलाई निरन्तरता दिइने संस्थाका उपाध्यक्ष श्याम पोखरेलले बताएका छन ।