गोकर्णेश्वर २ को निशुल्क भोजन अभियान निरन्तर रहने छ :वडा अध्यक्ष कृष्ण बहादुर पण्डित (क्षेत्री)

गोकर्णेश्वर २ को निशुल्क भोजन अभियान निरन्तर रहने छ  :वडा अध्यक्ष कृष्ण बहादुर पण्डित (क्षेत्री)

कपन अनलाइन

काठमाडौं बैशाख २१। गोकर्णेश्वर नगरपालिका वडा नं २ का वडा अध्यक्ष कृष्ण बहादुर पण्डितले वडामा संचालन हुदै आएको निशुल्क भोजन अभियानलाइ निरन्तरता दिने जानकारी गराएका छन ।

विश्वभरी फैकिएको कोरोना भाइरसको नियन्त्रण गर्न नेपाल सरकारले गरेको  लकडाउनका कारण प्रभावित भएका संगठित श्रमिक, मजदुर दैनिक ज्यालादारी कामदार तथा बिपन्न बर्गको लागि गोकर्णेश्वर नगरपालिका वडा नं २ को समन्वयमा सहयोगी संस्था ,समाजसेवी तथा बिभिन्न ब्यक्ति बिशेषको आर्थिक सहयोगमा २०७७ साल बैशाख १२ गते देखि बैशाख २१ गते सम्म निशुल्क भोजन शिबिर संचालन गरेकोमा गोकर्णेश्वर नगरपालिका वडा नं २को वडा स्तरीय राहत वितरण समितिको बैशाख २० गते बसेको बैठकले उक्त शिबिर बैशाख २५ गते सम्म थप गर्ने निर्णय गरिएको जानकारी गराए ।

उनले बिहान ८ बजे देखि १० बजे सम्म र बेलुका ४ बजे देखि ६ बजे सम्म नयाँपाटी पार्टी प्यालेसमा निशुल्ज भोजन शिबिर संचालन भइरहेको छ।  उनले  हाल सम्म उक्त भोजन शिबिरमा प्रत्यक्ष  तथा  अप्रत्यक्ष सहयोग गर्ने सहयोगी दाता स्वयं सेवक सबैलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेका छन् ।  उनले बास्तबिक प्रभावितहरुको लागि सो अभियान संचालन गरिएको  बताउदै  सो अभियानमा  इच्छुक  ब्यक्ति सहयोगी दाताहरुले  सहयोग गर्ने सकिने पनि बताए ।उनले वडाले सो सम्बन्धि सार्वजनिक सुचना समेत प्रकाशित गरेको जानकारी गराए ।

 

 

तपाइँको प्रतिक्रिया ।