विपन्न परिवारलाई सज्जन महिला साकोसको सहयोग
कपन अनलाइन
काठमाडौं ,बैशाख २०।
काठमाडौं महानगरपालिका वडा नं ६ शान्तिनगरमा संचालन रहेको सज्जन महिला साकोसले विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको छ।
सामाजिक उत्तरदायित्व र अरुको हेरचाह गर्ने सहकारीको एक सिद्धान्त बमोजिम संस्थाका सञ्चालक समिति, लेखा समिति, ऋण उप समिति, संस्थाका कर्मचारी तथा संस्थाकै सदस्यहरु एकजुट भएर रकम संकलन गरि अप्ठ्यारोमा परेका संस्थाका सदस्य र अन्य विपन्न परिवारका सदस्यहरु गरि ६० घरपरिवारलाई संस्थाबाटै आज खाद्यान्न तथा राहत वितरण गरिएको संस्थाका अध्यक्ष सीमा पुरीले जानकारी दिएकी छन ।
कामनपा वडा –६ का वडा अध्यक्ष दिपेन्द्र लामा र वडा सदस्य जयराम पुडासैनीकोउपस्थितिमा कपन, शान्तिनगर भृकुटीचोक स्थित संस्थाकै आगनबाट ६० परिवारलाई राहत वितरण गरिएको थियो । ।
संस्थाले ३० बोरा चामल, ६० लिटर खाने तेल, ६० किलो दाल, ६० पाकेट नुन, ६० पाकेट मस्यौरा, ६० वटा साबन, ३० किलो गाजर गरि जम्मा ६८ हजार ९ सय रुपैंयाको राहत बितरण गरिएको जनाएको छ । राहत वितरण कार्यमा सज्जन महिला साकोस परिवार, समाजसेवी, धर्मसागर ढकाल, डोजाङ्ग शेर्पा, बुद्धिगम्भीर थापा, ऋषि जमरकट्टेल गोबिन्द भट्टराई लगायतले सहजीकरण गरेका थिए ।