रात्रीकालिन गस्तीमा बुढानिलकण्ठ -१२ का युवाहरु
कपन अनलाइन
काठमाडौं ,बैशाख २०।
कोरोना (कोभिड १९ ) को महामारीमा अहिले विस्वका प्राय देश लक डाउनको अवस्थामा रहेका छन।नेपालमा पनि अहिले लक डाउन चलिरहेको अवस्थामा आम नेपाली हरु घर भित्र रहेका छन भने सिमित शंख्यामा रहेका सुरक्षा कर्मीहरु विपद व्यवस्थापनमा सक्रिय रहेका छन ।
यस्तो विषम परिस्थितिको मौका छोपेर चोरी ,लुटपाट र विभिन्न अनैतिक गतिविधि हुने सम्भावनालाई मध्ये नजर गर्दै बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का केहि युवाहरुले रात्रीकालिन गस्तीको शुरुवात गरेका छन।
करिव १८ जनाको शंख्यामा रहेका वडा नं १२ का युवाहरुले समुह विभाजन गरेर बेलुका १० बजे राती देखि राती गस्ती गरिरहेका छन। वडा नं १२ का तेन्जिंग चोक ,राधाकृष्ण टोल,आदर्शनगर ,फैका चोक ,खरिबोट चोक लगायतका स्थानमा ति युवाहरुले आवतजावत हुने सवारी साधन ,व्यक्तिहरु संग सोधपुछ तथा सहयोग पनि गर्दै आएका छन।
रातिको समयमा हुन् सक्ने घटना हरु रोकथाम गर्न तथा वडा वासिहरुलाई सुरक्षित राख्नका लागि यो अभियान शुरु गरिएको बताउदै एक युवाले स्वयंसेवा गर्न चाहाने अन्य युवाहरुलाई पनि सहयोगका लागि आव्हान गरेका छन।
