बुढानिलकण्ठ -१२ मा प्रकोप नियन्त्रण संगै विकास योजना निर्माण शुरु
कपन अनलाइन
काठमाडौं ,बैशाख २०।
बुढानिलकण्ठ नगरपालिका वडा नं १२ ले प्रकोप नियन्त्रण तथा रोकथामको अभियान संगै विकास निर्माणको कामलाई पनि अगाडी बढाएको छ।
सामाजिक दुरी कायम गरेर सुरक्षा विधि अपनाउदै वडा नं १२ ले तेन्जिंग चोक खहरे ढलान, तेन्जिंग चोक – ह्यान्डबल मैदान सडक निर्माणको काम शुरु गरेको हो।
त्यस्तै वर्षातको समयमा कपन क्षेत्रमा हुने डुवान समस्या समाधानको लागि आनिगुम्बा गुरुङ टोलमा ढल सुधारको कामलाई पनि प्राथमिकतामा राखेर अगाडी बढाएको वडा नं १२ का अध्यक्ष शम्भु भट्टराईले जानकारी दिएका छन।
डा.राजन भट्टराईको पहलमा निर्माण शुरु गरिएको सो योजना कपन क्षेत्रमा डुवान समस्या समाधानका लागि निकै महत्वपूर्ण भएकोले पहिलो प्राथमिकतामा राखेरनिर्माण शुरु गरिएको वडा सदस्य पुरुषोत्तम नेपालले बताएका छन।
त्यस्तै वडाका अन्य योजनाहरु पनि शुरु गर्नका लागि निर्माण व्यवसायीहरु संग सम्पर्क गरिएको वडाले जानकारी दिएको छ।