नेपाल सरकारको कोषमा नेपाल वनस्पति घ्यू तेल संघको २१ लाख सहयोग

नेपाल सरकारको कोषमा नेपाल वनस्पति घ्यू तेल संघको २१ लाख सहयोग
कपन अनलाइन 
काठमाडौं ,बैशाख २०। 
नेपाल वनस्पति घ्यू तेल संघले नेपाल सरकारको कोरोना भाईरस संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा सहयोग गरेको छ।  
उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टलाई संघका अध्यक्ष  सन्दिप कुमार अग्रवाल, नि.अध्यक्ष  विकास दुगड, सदस्यहरु  कमल कुमार वेगानी, श्याम कुमार लोहिया र  आनन्द वगरीया समेतको प्रतिनिधी मण्डलले २१ लाख रुपैया हस्तान्तरण गरेको थियो।  
विश्वमा नै महामारीको रुपमा देखीएको कोराना भाईरस  (COVID 19) को कारण  विश्व नै स्तव्ध एंव लगभग वन्द हुन गएको अवस्थामा  महामारीको संक्रमणवाट जोगाउन गरीएको  Lockdown  वाट औद्योगिक कलकारखाना, हवाईमार्ग, स्थलमार्ग लगायत सम्पुर्ण क्षेत्र नै पुर्ण रुपमा वन्द हुनगएको अवस्थामा संघको तर्फ बाट सहयोग गरिएको संघले जानकारी दिएको छ। 

उक्त अवसरमा  उद्योग सचिव  चन्द्र कुमार घिमिरे र वाणिज्य तथा आपुर्ति सचिव डा. वैकुण्ठ अर्यालको पनि उपस्थिति रहेको थियो। 

तपाइँको प्रतिक्रिया ।