गोकर्णेश्वर नगरपालिकामा यातायात मजदुरलाइ राहत वितरण
कपन अनलाइन
काठमाडौं, बैशाख २०।विश्व माहामारिको रूपमा रहेको कोरोना भाइरस का कारणले अहिले देशभर लकडाउन चलिरहेको छ । दैनिक ज्यालामजदुरि गरेर खाने विपन्न , गरिब परिवारलाई खाना समस्यालाइ समाधान गर्न सहयोग होस् भन्ने उदेश्यले शुक्रबार मजदुर दिवसको अवसरमा गोकर्णेश्वर नगरपालिका भित्र संचालनमा रहेका यातायात क्षेत्रका असंगठित श्रमिक मजदुरहरुलाई राहतको लागि कुपन वितरण गरिएको छ। गोकर्णेश्वर नगरपालिकाको भगवती मन्दिर परिसर बाट करिब ७० जना त्यस्ता मजदुरहरुलाईनगरपालिका प्रमुख सन्तोष चालिसेले राहतको कुपन वितरण गरेका हुन् ।
उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाकी उप प्रमुख शान्ती नेपाल, गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी यज्ञडोल जगडोल सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष सुदर्शन सिग्देल लगायतको उपस्थितिमा राहतको कुपन वितरण गरिएको हो।उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख सन्तोष चालिसेले लकडाउनका कारण नगरपालिका भित्र खानाको समस्या नहोस र कोहि भोकै सुत्न नपरोस भनेर राहत देखि निशुल्क भोजन सम्मका अभियानहरु चलिरहेको बताए। उनले लकडाउनका कारण दैनिक हात मुख जोड्न समेत समस्या परेकाहरुलाई नगरपालिकाले सहयोग गर्दै आइरहेको बताए ।
लकडाउनका कारण धुमधामका साथ् मनाइने मे १ अर्थात् अन्तर्राष्ट्रिय मजदुर दिवसमा पनि यो वर्ष मजदुरहरु घर भित्रबाट बाहिर निस्किन नपाएको बताए। उनले कोरोना भाइरसको संक्रमण नगरपालिकामा नफैलियोस भनेर उच्च सतर्कताका साथ नगरपालिकाले काम गरिरहेको बताए उनले हाल सम्म नगरपालिकामा कोरोना संकर्मित फेला नपरेको जानकारी गराएका थिए। उनले संकटको समयमा सहयोग गर्ने सबैलाई धन्यबाद दिएका थिए। उनले यातायात क्षेत्रका असंगठित मजदुरहरुको लागि राहत वितरण गरेको प्रष्ट पारे ।