शंखरापुर नगरपालिकाको क्वारेन्टाइनमा ९ जना
कपन अनलाइन
काठमाडौं बैशाख १८। भारतबाट आएको आशंका गरिएकी २ युवती सहित ९ जनालाई शंखरापुर नगरपालिका वडा नं. ९ स्थित इन्द्रायणी स्वास्थ्य चौकीको क्वारेन्टाइनमा राखिएको छ ।भारतको बिहार बाट धनगढी हुदै काठमाडौं आएर इन्द्रायणीको सानो गाँउमा २ युवती आएको स्थानीयले जानकारी गराए पछी RDT जाँच गराई क्वारेन्टानमा राखीएको वडा नं. ९ का वडा अध्यक्ष घनश्याम थापाले जानकारी गराए । यद्दपी उनीहरुको सुष्मा कोइराला मेमोरीयल अस्पतालमा RDT जाँच गर्दा नेगेटिभ आएको छ ।४ दिन अघि इन्द्रयणीको सानो गाँउमा बस्ने दिदि भिनाजुकोमा ती युवतीहरु आई बसेको र केही स्थानीय सँग बिना सुरक्षा भेटघाट गरेको कारण ती स्थानीयहरुलाई पनि क्वारेन्टाइनमा राखिएको जानकारी वडा अध्यक्ष थापाले बताए ।
उनीहरुलाई १ हप्ता सम्म क्वारेन्टाइनमा राख्ने ब्यवस्था मिलाएको शंखरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले जानकारी गराए । क्वारेन्टाइनमै पुगि नगर प्रमुख श्रेष्ठले उनीहरुको स्वास्थ्य स्थितिबारे जानकारी लिनुको साथै अझै १ पटक जाँच गराउने बताए । १ बालक सहित ३ जना महिला र ५ जना पुरुष गरी ९ जना लाई क्वारेन्टाइनमा राखिएको र उनीहरुको खाने बस्ने ब्यवस्था नगरपालिकाले गरिरहेको नगर प्रमुखले बताए ।
(फोटो :शंखरापुर न्युज )