चम्पादेवी गाउँपालिकाको राहतमा खाद्यान्न र मल वितरणको तयारी गरेका छौ :नवराज केसी (अध्यक्ष )
कपन अनलाइन
काठमाडौं ,बैशाख १९।
ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिकाले स्थानीय गाउँपालिकावासीको आवस्यकताका आधारमा खाद्यान्न तथा रासायनिक मल राहतमा वितरण गर्न शुरु गरेको छ।
गाउँपालिकामा रासायनिक मल सहयोगका लागि धेरै माग आएकोले राहत प्याकेजमा नै यसलाई समेटेर वितरण गर्ने गाउँ कार्यपालिकाले निर्णय गरेको अध्यक्ष नवराज केसीले जानकारी दिएका छन।
गाउँपालिकाले वितरण गर्ने खाद्यान्नमा स्थानीय वडा नं १ र ८ मा उत्पादन भएको आलुलाई समेट्दै गाउँ पालिकाको कृषिमा राहत अभियान अन्तर्गत किसानको हितका लागि धेरै कार्यक्रम संचन गर्ने योजना रहेको जानकारी दिदै अध्यक्ष केसीले करिव २३ सय घरधुरीलाई उक्त अभियानले लाभान्वित गराउने बताएका छन।
गाउँपालिकाले लकडानप्रभावित २ हजार २ सय ९० परिवारलाई राहत वितरण गर्ने गाउँ कार्यपालिकाले निर्णय गरेको बताउदै अध्यक्ष केसीले अहिले सम्म काठमाडौं उपत्यका र अन्य जिल्ला बाट करिव १८ सय गाउँवासी फर्किएको जानकारी दिएका छन।
गाउँपालिका फर्किएकालाई अभिलेख कायम गरि होम क्वारेन्टाइनमा राखिएको र वडा नं ६ मा रहेको ज्ञानप्रकास मावीमा ७ जना क्वारेन्टाइनमा रहेको गाउँ पालिकाले जानकारी दिएको छ।
चम्पादेवी गाउँपालिकाको राहत विवरण :
वडा नं १ – ४ सय परिवार
वडा नं २ – ४ सय ५० परिवार
वडा नं ३ – ३ सय ५० परिवार
वडा नं ४ – ३ सय परिवार
वडा नं ५ – १ सय ५० परिवार
वडा नं ८ – १ सय ५० परिवार
यसमा प्रति परिवार १ बोरा चामल, १ केजी नून र ५ केजी आलु राहतमा उपलव्ध गराउने निर्णय गरिएको छ।
त्यस्तै निम्न वडा हरुका परिवार शंख्या लाई दुई वर्गमा विभाजन गरिएको छ :
वडा नं ६ – १ सय ३५ परिवार
वडा नं ७ – ८० परिवार,
वडा नं ९ – १ सय ३५ परिवार
वडा नं १० – १ सय ४० परिवार
माथि उल्लेख गरिएका परिवारलाई खाद्य सामग्री र मल गरी दुई वर्गमा विभाजन गरेर राहत दिने निर्णय गरिएको छ जसमा वडा नं ६ का १ सय परिवार, ७ का ८० परिवार, ९ का १ सय र १० का १ सय २० परिवारलाई ४ पाथीका दरले रासायनिक मल दिने निर्णय गाउँपालिकाले गरेको छ ।यी वडाका छनोट भएका बाँकी परिवारलाई भने सोही परिमाणमा चामल, नून र आलु प्राप्त गर्नेछन।