बुढानिलकण्ठको विपद कोषमा नगर इसाई समितिको सहयोग
कपन अनलाइन
काठमाडौं ,बैशाख १९।
बुढानिलकण्ठ नगरपालिकाले स्थापना गरेको विपद व्यवस्थापन कोषमा नगर इसाई समितिले सहयोग गरेको छ। नगरपालिकाको कोषमा ७९ हजार २ सय २० रुपैया समितिले नगर प्रमुख उद्दव खरेललाई हस्तान्तरण गरिएको थियो।
बुढानिलकण्ठ नगरपालिकामा रहेका विभिन्न चर्चहरुका तर्फ बाट गरिएको सहयोग ग्रहण गर्दै नगर प्रमुख खरेलले नगरपालिकाले कोरोना प्रकोप संग लडन चलाएको अभियानमा गरेको सहयोगका लागि धन्यवाद दिएका थिए।
त्यस्तै नगर इसाई समितिका अध्यक्ष रामशरण श्रेष्ठले नगरवासीको हितका लागि सहयोग गरेको बताउदै स्थानिय मण्डलीहरूबाट सकेकाे पहल गर्ने जानकारी दिएका थिए।
तपाइँको प्रतिक्रिया ।