काठमाडौंको मुलपानीका २१ वर्षीय युवकको PCR नतिजा नेगेटिभ आयो

काठमाडौंको मुलपानीका २१ वर्षीय युवकको PCR नतिजा नेगेटिभ आयो

कपन अनलाइन 

काठमाडौं ,बैशाख १८।

काठमाडौंको मुलपानीका २१ वर्षीय एक युवकको PCR रिपोर्ट नेगेटिभ आएको छ।कागेश्वरी मनोहरा नगरपालिकाको मुलपानी नगर अस्पतालमा १२ जनामा RDT परिक्षण  गर्दा १ जनामा संक्रमण पोजिटिभ देखिएकोमा टेकु अस्पतालमा PCR परिक्षण गर्दा नतिजा नेगेटिभ आएको छ।

चैत्र ७ गते दुबई बाट आएका युवकमा संक्रमण दिखिए संगै उनको सम्पर्कमा रहेका  सोही घरको एकै परिवारको आमा, हजुरआमा, हजुरबुबा र सो घरमा डेरा गरी बस्ने १६ जना संसर्ग रहेका ब्यक्तिहरूको RD Test गर्दा नेगेटिभ रिपोर्ट आएको थियो।

तपाइँको प्रतिक्रिया ।