टोखा नगरपालिकामा आपतकालीन सेवा र उद्दारको लागि सबै संयन्त्र परिचालन गरेका छौ : नगर प्रमुख प्रकाश अधिकारी

कपन अनलाइन

काठमाडौं बैशाख १८। अहिले नेपालका ७५३ वटै स्थानीय तहका जनप्रतिनिधि कोरोना प्रकोप नियन्त्रण तथा रोकथामको अभियान संगै जनतालाई विभिन्न तरिकाले सहयोग पुर्याउने काममा सक्रिय रहदै आएका छन। जनताहरुका लागि राहत व्यवस्थापनको काममा सक्रिय रहने ति जनप्रतिनिधिहरुले स्थानीयहरुलाई आवस्यक परेमा अन्य सहयोग अनि उपलव्ध गराउदै आएका छन।यसै क्रममा आफ्नो नगरपालिका कोरोना संक्रमण हुन नदिनको लागि बिभिन्न प्रयास गर्दै आएका  टोखा  नगरपालिका  प्रमुख प्रकाश अधिकारी बिहान देखि बेलुका अवेर सम्म  लकडाउनका कारण  वडा बासीलाई कुनै पनि समस्या नहोस भनेर अहोरात्र खटिदै आएका छन ।न्युनतम सुरक्षा प्रवन्ध र अधिकतम जोखिम विच आफ्नो दायित्व पुरा गर्न लागिरहेका नगर प्रमुखअधिकारी  राहत वितरण सहित विपद व्यवस्थापनको लागि तत्काल नगरपालिका बाट निर्णय गरि पैसा निकास गर्ने देखि लिएर अभिलेख संकलन ,स्वास्थ्य जांच संग संगै वडा बासिलाइ आपतकालीन उद्दार,स्वास्थ्य उपचारमा पनि सहयोग गर्दै आएका छन। उनले आपतकालीन सेवा र उद्दारको लागि सबै संयन्त्र परिचालन गरेको बताए ।

त्यस संग संगै वडावासीको सहज जीवनयापनका लागि स्वास्थ्य संवेदनशीलता बुझ्दै उनि दिन रात नभनी खटिरहेको छन । विदेश बाट भर्खरै फर्किएकाहरुको अभिलेख तयार गर्ने देखि लिएर उनीहरुको कोरोना परिक्षणको लागि सम्म समन्वयकारी भूमिका खेलेका अधिकारीले विपद व्यवस्थापनको अभियानमा दरिलो अविभावकत्व प्रदान गरेका छन। नगर बासीलाइ कोभिड–१९ संक्रमणबाट बचाउन र क्षति न्युनिकरणको मनसायले राज्यद्वारा अवलम्वन गरेको विधिलाई यसटोखा  नगरपालिकाले पूर्ण रुपमा नगरवासीलाई पालना गर्न आव्हान गरिसकेको छ । सिमित स्रोतका बाबुजुत पनि नगरपालिकाले  कोरोना भाइरस को जोखिम न्यूनीकरण को लागि सक्रिय भएर लागेको र छोटो अवधिमा धेरै तयारी गरेको बताउने उनले कोरोना भाइरसको सङ्क्रमणवाट बच्न  टोखा  नगरपालिकाले उच्च सर्तकता अपनाएको र  त्यसका लागि नगरले विपद व्यवस्थापन समिति नै गठन गरी बजेट देखी आइसोलेशन, क्वारेन्टाइन कक्ष निर्माण गर्दै अघि बढेको पनि बताए।

यस बिचमा कोरोना भाइरसको सम्भावित जोखिम रोक्न सरकारले लकडाउन गरेपछि अलपत्र परेका १२ जना कामदारलाई टोखा नगरपालिकाले उद्धार गरेको बताउदै  दैनिक ज्यालादारी गर्ने शिलशिलामा दोलखाबाट फर्कीएर गोगंबुमा अलपत्र भई बसेकाहरुलाई उद्दार गरिएको जानकारी गराए। उनले अन्यन्तै दहीनीय अवस्थामा अलपत्र परेका कालिकोटका मजदुरलाई पनि उद्धार गरिएको जानकारी गराउदै नगरपालिकाले नगरपालिका भित्र सुत्केरी महिलाहरुलाई अनुप डेरीको सहयोगमा एक केजी घ्यु वितरण गर्ने अभियान समेत संचालन गरेको बताए ।टोखा नगरपालिकामा कोही पनि भोको बस्नु नपर्ने दैनिक उपभोग्य बस्तु  लगायतका आवश्यक सामाग्रीका लागी टोखा नगरपालिकाका जनप्रतिनिधिहरु तयारी अवस्थामा रहेको पनि नगर प्रमुख अधिकारीले बताए।

त्यस्तै नगरपालिकाको वडा नं  ३  खुद्रा पैसा बाटोमा फालिएको भेटिए संगै अन्यौल र तनावग्रस्त बनेको अवस्थामा नगर प्रमुख अधिकारीले तत्काल सक्रियता देखाउदै उक्त पैसाको आवश्यक  अनुसन्धान र परिक्षण गरि समस्या समाधान गरेका थिए। तस्तै उनले कोरोना भाइरस (COVID-19) को रोकथाम तथा नियन्त्रणका लागि जनप्रतिनिधिहरु र स्वास्थ्यकर्मीहरुलाई जानकारी गराई कोरोना भाइरस (COVID-19) को रोकथाम तथा नियन्त्रणका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले अभिमुखिकरण कार्यक्रम समेत संचालन गर्दै आएका बताए। नगरपालिकाले कोरोनावाट बच्न पहिलो चरणमा सचेतनासँगै नगर क्षेत्र भित्र किटनाशक औषधी छर्कने, विभिन्न स्थानमा हात धुने ठाउँको व्यवस्था गर्ने देखी  सामाजिक दुरी कायम गराउन , लकडाउन सफल पार्न र कोरानावाट बच्ने उपायका वारेमा नगरपालिकाले नगरभित्र माईकीङ र निरन्तर अनुगमन कार्य गरिरहेको बताउदै प्रमुख अधिकारीले लकडाउन लम्बीदा नगरका विपन्न परिवार र ज्याला मजदुरी गर्नेहरु समस्यामा परेको भन्दै नगरपालिकाले त्यस्ता परिवारको तथ्याङ्क संकलन गरी राहत वितरण गरेको  बताए ।

उनले राज्य द्वारा निर्देशित नीति, नियम तथा मापदण्डहरुलाई लागु गरी समयमा नै स्वास्थ्यकर्मीहरुको तयारी, स्वास्थ्य संस्था व्यवस्थापन, औषधी तथा उपकरणको उपलब्धता, पि.पि.ई वितरण र जनतालाई कोभिड–१९ को संक्रमण र रोकथामबाट बच्ने उपायहरु नगरवासी माझ माइकिङ, पर्चा पम्पलेटिङ र सामाजिक संजाल मार्फत संप्रेशण गर्ने कार्यहरु गरिएको बताए ।विश्व भरि  फैलिएको  कोरोना भाइरस कोभिड- १९ रोगको महामारीसंग स्वाथ्यकर्मी सुरक्षाकर्मी तथा खटिएका कर्मचारी एबम सामाजिक अगुवाहरु ,सामान्य सुरक्षा उपकरण बिना अग्रमोर्चामा खटिएकाहरुको मुक्त कण्ठले प्रसंशा  गर्दै धन्यवाद समेत दिएका छन । उनले कृषकहरुलाई ध्यानमा राख्दै आवश्यक बिउ बिजनका व्यवस्थापन गरेको साथै गहु चुट्ने थ्रेसरको लागि प्रदेश सभा सदस्य माननीय दिपक निरौलाको सक्रियतामा ल्याउन सफल भएको पनि बताए।

नगरपालिकाले कोरोना विरुद्धको लडाईलाई जित्न कुनै कसर बाकी नराखी राजनैतिक दल, समाजसेवी, जनप्रतिनिधि एवं सम्पूर्ण आम नागरिकलाई एक्यबद्धता गरी जिम्मेवारी पूर्वक कामहरु गर्दै आईरहेको बताउदै बिषय बिज्ञ संग परामर्श लगायतको कार्य पनि गर्दै आएको  बताउदै  अवका दिनहरुमा पनि यस संक्रमणबाट टोखा नगरवासी कोहि पनि हताहत हुन नपरोस भनि समय सापेक्ष कार्यक्रम र स्वास्थ्य सेवा संचालन गर्न आवश्यक तयारीका साथ लागि परेको बताए । उनले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किन अनुरोध गर्दै कोरोना भाइरसको जोखिम न्यूनीकरणको लागि सबै जना एक जुट हुनुपर्ने पर्ने बताए। उनले अहिलेको विषम परिस्थितिमा सस्तो आलोचना भन्दा एकीकृत पहल आवश्यक रहेको पनि बताए ।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।