गोकर्णेश्वरमा संचालित लकडाउन प्रभावितलाइ निशुल्क खाना खुवाउने अभियानमा लायन्स क्लबको साथ

गोकर्णेश्वरमा संचालित लकडाउन प्रभावितलाइ निशुल्क खाना खुवाउने अभियानमा लायन्स क्लबको साथ

कपन अनलाइन

काठमाडौं बैशाख १८ ।लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको फुड ब्यांक मार्फत गोकर्णेश्वर नगरपालिकाका बिभिन्न स्थानमा  खाद्यान्न सहयोग गरिएको छ ।

कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि नेपाल सरकारले लक डाउन गरेको पनि एक महिना बढी  बितिसकेको छ। लामो समयको लक डाउनको कारण बिशेष गरि गरिब असाहय र दैनिक मजदुरी गरेर जीवन निर्वाह गर्ने मानिसहरु समस्यामा परेका छन । सोहि समस्यालाइ  मध्यनजर गर्दै लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ को फुड बैंक मार्फत गोकर्णेश्वर नगरपालिकाका बिभिन्न स्थानमा सहयोगी दाता बाट संचालित निशुल्क खाना खुवाउने अभियानमा साथ दिदै खाद्यान्न सहयोग गरेको हो।

 जस अन्तर्गत बुधबार गोकर्णेश्वर नगरपालिका वडा नं १ स्थित श्री राम जानकी आधारभूत बिद्यालय, वडा नं २ नयाँपाटी पार्टी प्यालेस  गोकर्णेश्वोर वडा नं ४ स्थित सोलु बाल कल्याण अनाथालय र गोकर्णेश्वर नगरपालिका वडा नं ५ स्थित नयाँबस्ति युवा क्लबमा संचालित निशुल्क खाना खुवाउने अभियानलाइ खाद्यान्न सहयोग गरेको हो ।

 उक्त कार्यक्रममा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१का इमिडेट पास्ट गभर्नर  लायन अनन्त प्रसाद भेटुवाल, डिस्ट्रिक ३२५ ए१ का फर्स्ट डिस्ट्रिक भाइस गभर्नर लायन टंक बहादुर श्रेष्ठ , चिफ ए ओ जी लायन कर्मा गुरुङ लायन रमेश लामा ,लायन शान्ता  थापा ,लायन  राजेश श्रेष्ठ, लगायत लायन्स लिडर तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।