समय (कविता )

समय (कविता )

कपन अनलाइन

काठमाडौं ,बैशाख १७ /समिर अधिकारी

समय अकाट्य नियम हो
जसले अभिछिन्न संसारलाई बाँधेको छ
चराचर जगतको यावत् घटनाक्रमहरु,
सारा आफूभित्र साँधेको छ

न कसैलाई पर्खिन्छ न पछाडि फर्किन्छ,
छुट्ने जति छुट्दै जालान् निरन्तर अघि सर्दछ
कहिले खुशी बनेर ओठमा मुस्कान छर्दछ
कहिले पींडा बनेर आँखामा आँशु भर्दछ

चिनेर उसलाई कदममा कदम मिलाउनेहरु
सधैं जीवनमा सफलताको शिखर चुम्दछन्
वास्तानगरी उसलाई हिड्नेहरु
जीवनमा प्रायःअस्तित्व विहिन भइ गुम्दछन्

सत्य, द्वापर अनि त्रेताहुँदै कलीयुगमा पनि
उसको प्रभुत्व छ
इतिहास साक्षी छ घडी, पलामात्र हैन
निमेसको पनि सदा महत्व छ

समयसँगै चल्ने मानिस सधैं
समय निष्ट र अनुशासित भनी कहलिन्छ
अभिमानी भइ आफ्नै सुर गरे
अन्योल र अस्थिरताको भूमरीमा बहलिन्छ ।

साभार :कपन बानेश्वर साहित्यिक साप्ताहिक 

तपाइँको प्रतिक्रिया ।