सुन्दरटोल जागृत द्वारा आयोजित आकस्मिक रक्तदान सम्पन्न
कपन अनलाइन
काठमाडौं बैशाख १६ । गोकर्णेश्वर नगरपालिका स्थित बराल पेट्रोल पम्प परिसर जोरपाटीमा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ। बैशाख १५ गते सोमबार सुन्दरटोल जागृतको आयोजना तथा संजय परियार र बिजु शाहीको संयोजकत्वमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । रक्तसंचार केन्द्रको प्राबिधिक सहयोगमा बिहान १०:३० बजे देखि शुरु भएको सो रक्तदान बाट ५२ पिन्ट रगत संकलन भएको कार्यक्रम संयोजक संजय परियारले कपन अनलाइनलाइ बताए।
लक डाउनको बेला खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्न जोखिम रहे पनि सामाजिक दुरी कायम गरि सुरक्षित तवरले रक्तदान कार्यक्रम सफलता पुर्वक सम्पन्न गरिएको बताउदै रक्तदान गर्नको लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन । जारी लकडाउनका कारण रगतको अभाव भैरहेका अवस्थामा यसको अभावलाई पूर्ति गर्न उक्त रक्तदान कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाले बताएको छ ।
कोरोना (covid- 19)को कारण विश्वलाई जटिल बनाएको छ।त्यसको जटिल असर अन्य रोग संग लडिरहेका बिरामीहरुमा पर्न थालेको छ। त्यसको मुख्य कारण हो, रगत बैंकमा रगतको अभाव। अहिले लागु गरिएको ‘लक डाउन ’को कारण यो समय रक्तदान गर्न असम्भव जस्तै छ । त्यहि लकडाउन सँगै रगतको अभाव भएको अवस्थामा मानवीय सहयोगलाई दृष्टिगत गर्दै रक्तदान कार्यक्रम आयोजना गरेको अर्का संयोजक बिजु शाहीले बताए ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष रमेश अर्याल,वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, नेपाल मेडीकल ट्रेड युनियन आधिकारिक अध्यक्ष किरण के सी लगायतको उपस्थिति रहेको थियो ।
फोटो सरोज बस्नेत