बुढानिलकण्ठ -१० को निशुल्क भोजन अभियानमा प्रदेस सभा सदस्य कुसुम कुमार कार्कीको सहयोग

बुढानिलकण्ठ -१० को निशुल्क भोजन अभियानमा प्रदेस सभा सदस्य कुसुम कुमार कार्कीको सहयोग

कपन अनलाइन 

काठमाडौं ,बैशाख १६।

काठमाडौं क्षेत्र नं ४ (२) बाट निर्वाचित बागमती प्रदेसका प्रदेस सभा सदस्य कुसुम कुमार कार्कीले बुढानिलकण्ठ नगरपालिका वडा नं १० ले शुरु गरेको निशुल्क भोजन अभियानमा सहयोग गरेका छन।

करिव १८ सय जनालाई निशुल्क भोजन गराउदै आएको वडा नं १० को अभियानमा सहयोग गर्दै प्रदेस सभा सदस्य कार्कीले आफ्नो क्षेत्रका ८ वटै वडाहरुमा कोरोना प्रकोप नियन्त्रण तथा रोकथामको आवस्यक तयारी गरिएको जानकारी दिएका छन।

प्रकोप नियन्त्रण तथा रोकथामको अभियानमा सक्रिय रहेका जनप्रतिनिधि ,स्वास्थ्यकर्मी ,सुरक्षाकर्मी  तथा स्वयंसेवकलाई धन्यवाद दिदै प्रदेस सभा सदस्य कार्कीले महामारी विरुद्ध लड्न सबैले सहयोग गर्नुपर्ने धारणा राखेका थिए।

 

 

 

तपाइँको प्रतिक्रिया ।