कागेश्वरी मनोहरा नगरपालिकामा नियमित खोप सेवा शुरु गरेका छौ :नगर प्रमुख कृष्णहरि थापा

कागेश्वरी मनोहरा नगरपालिकामा नियमित खोप सेवा शुरु गरेका छौ :नगर प्रमुख कृष्णहरि थापा

कपन अनलाइन

काठमाडौं बैशाख १५। कागेश्वरी मनोहरा नगरपालिकामा नियमित खोप सेवा शुरु  गर्न लागिएको नगर प्रमुख कृष्ण हरि थापाले कपन अनलाइनलाइ जानकारी गराए । विश्वभर महामारीको रुपमा रहेको कोरोना भाइरस का कारण केहि समय रोकिएको खोप सेवा पुन :शुरु  गर्न लागिएको बताएका हुन् कागेश्वरी मनोहरा नगरपालिकाका केहि वडामा यहि वैशाख २ गतेबाट नियमित खोप सेवा शुरु भएको छ भने केहि वडामा शुरु गर्ने तयारी  गरिएको जानकारी  गराए । उनले कागेश्वरी मनोहरा नगरपालिकाले नगरका जनप्रतिनिधिहरु,स्वास्थ्य व्यवस्थापन समितिका पदाधिकारीहरु र महिला स्वास्थ्य स्वयं सेविकाहरुसंग छलफल गरेर नियमित खोप तथा आधारभूत स्वास्थ्य सेवा सामाजिक दुरी कायम गरी सुचारु गर्न लागिएको पनि जानकारी गराए ।

 विश्वभर फैलिएको कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि गत चैत ११ गतेदेखि सरकारले गरेको लकडाउनका कारण बालबालिकालाई दिइने आधारभूत खोप सञ्चालन हुनसकेको थिएन ।नियमित खोप पहिदेखि नै शुरु गरिएको सेवा हो, त्यसका लागि कुनै विशेष तयारी गर्नुपर्ने हुदैन कम्तीमा तीनदेखि छ फिटसम्म सामाजिक दूरी कामय गरी खोप सेवा सञ्चालन गर्ने, स्वयंसेवक मार्फत टोलवासीलाई खोप लगाउन समय जानकारी गर्ने , भीड नियन्त्रण गर्नेजस्ता मापदण्ड पूरा गरी काम गर्न  लागिएको कागेश्वरी मनोहरा नगरपालिकाकी  स्वास्थ्य सह संयोजक लक्ष्मी कोइरालाले जानकारी गराइन  ।

तपाइँको प्रतिक्रिया ।