काठमाडौं महानगरपालिका वडा नं ९ मा १५ सय जनालाई राहत वितरण
कपन अनलाइन
काठमाण्डौं,बैशाख १५।
कोरोना प्रकोपको महामारीमा परेका मजदुर तथा विपन्न परिवारकालागि काठमाण्डौं महानगरपालिका वार्ड नम्बर ९ ले राहत वितरण गरेको छ । सो अवसरमा करिव १५ सय व्यक्तिलाई घर घरमा पुगेर रहात वितरण गरेको हो ।
प्रत्येक परिवारलाईकरिव एकहप्तालाई पुग्नेगरी राहत वितरण गरिएको उक्त अवसरमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य ,वडा नं ९ का अध्यक्ष रामकृष्ण श्रेष्ठ , वडा सदस्य सृजना भेटवाल लगायतको उपस्थिति रहेको थियो।
त्यस्तै वडा नं ९ मा वसोवास गर्ने कुनै पनि नागरिकहरुलाई भोको पेट बस्न नदिने अभियान अन्तर्गत राहत वितरण र अन्य आपतकालीन सेवालाई प्राथमिकतामा राखेर काम गरिरहेको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन।
तपाइँको प्रतिक्रिया ।