बुढानिलकण्ठ -८ का कुनै वडावासीलाई भोको पेट बस्न दिएका छैनौ : सुमन तामाङ (अध्यक्ष )

बुढानिलकण्ठ -८ का कुनै वडावासीलाई भोको पेट बस्न दिएका छैनौ : सुमन तामाङ (अध्यक्ष )

कपन अनलाइन

काठमाडौं ,बैशाख १४।

बुढानिलकण्ठ नगरपालिका वडा नं ८ का अध्यक्ष सुमन तामाङले वडामा पहिलो चरणको राहत वितरण सम्पन्न भएको बताएका छन। पहिलो चरणमा ४८८ र अन्य १६ जनालाई राहत वितरण गरेको जानकारी दिदै अध्यक्ष तामांगले आवस्यक पर्ने वडावासीहरुलाई नियमित सहयोग गरेको जानकारी दिएका छन।

दोश्रो चरणको सहयोगका लागि ५३६ जना राहत प्राप्त गर्ने व्यक्तिहरुको विवरण नगरपालिकामा पेश गरिएको जानकारी दिदै वडा अध्यक्ष तामाङले यसमा विपन्न एकल महिला र कोठा भाडामा लिएर बस्ने अफ्ट्यारोमा परेका विद्यार्थीहरुलाई प्राथमिकतामा राखेको बताएका छन।

त्यस्तै वडा भित्र लकडाउन पालना र अन्य सहयोगका लागि सर्वदलीय प्रतिनिधित्वका आधारमा १६ जना नियमित स्वयंसेवक परिचालन गरेको जानकारी दिदै अध्यक्ष तामाङले कुनै पनि आपतकालीन सेवाका लागि वडाले सम्पूर्ण तयारी गरेको बताए।

त्यस्तै वडा कार्यालयले सम्पर्क नम्बर सार्वजनिक गर्दै कुनै वडावासी भोको पर्नुपर्ने अवस्था आउन नदिने बताउदै तामाङले विभिन्न सहयोगी महानुभावको सहयोगमा वडा र केहि खाद्यान्न पसलमा राहतको व्यवस्थापन गरेको जानकारी दिएका छन।

राहत वितरणका क्रममा केहि महानुभाव सक्षम र आफै खाद्यान्न व्यवस्थापन गर्न सक्ने भएता पनि राहत माग्न आउने गरेको पाइएकोले हुने ले आफै व्यवस्थापन गरेर नहुनेको पेट भर्ने मानवीय सोच राख्न अनुरोध गर्दै अध्यक्ष तामाङले लकडाउनको पूर्ण पालना गर्नका लागि सबै वडा वासिमा आग्रह गरेका छन।

तपाइँको प्रतिक्रिया ।