महामारीले सिकायो अव बुढानिलकण्ठ -६ का कुनैपनि जमिन बाझो राख्ने छैनौ : नबिन केसी (अध्यक्ष )
कपन अनलाइन
काठमाडौं ,बैशाख १४।
बुढानिलकण्ठ नगरपालिका वडा नं ६ का अध्यक्ष नबिन केसीले आगामी दिनमा वडा भित्र रहेका कुनै पनि जमिन बाझो हुन् नदिने बताएका छन।कोरोना प्रकोप विचमा धेरै स्थानमा तरकारी लगायतका वस्तुहरुको अभावले झेल्नु परेको अफ्ट्यारोलाई केहि हद सम्म समाधान गर्नका लागि वडाले यस्तो आग्रह गरेको अध्यक्ष केसीले बताएका छन।
वडा नं ६ ले जमिन खरिद गरे पनि बाझो राखेका जग्गा धनिहरु संग समन्वय गरि जग्गाका संधियार वा छिमेकीलाई त्यसको उपयोग गर्नका लागि अनुरोध गर्ने बताउदै यसका लागि सहयोग गरेर फाइदा लिन वडावासिमा अध्यक्ष केसीले अनुरोध गरेका छन।
त्यस्तै वडा नं ६ ली हाल सम्म ३३० परिवारलाई राहत वितरण गरेको जानकारी दिदै श्री भद्रकाली आधारभूत विधयालयका ४७ जना अभिभावकहरुलाई पनि खाद्यान्न सहयोग गरेको बताएका छन।
त्यस्तै आपतकालीन सेवाका लागि वडा सदस्य श्याम कृष्ण महर्जनको गाडी प्रयोग गरि हाल सम्म ९ जनालाई सहयोग गर्नुका साथै १४ जना सुत्केरी र गर्भवती महिलाहरुलाई सेवा प्रदान गरेको अध्यक्ष केसीले जानकारी दिएका छन ।
कोरोना प्रकोप नियन्त्रण तथा रोकथामको काम संग संगै वडामा विकास निर्माणलाइ पनि अगाडी बढाउने क्रममा हात्तीगौडा -विष्णुमति सडक लगायतका योजना निर्माण शुरु गर्न लागिएको बताउदै अध्यक्ष केसीले यसका साथै आगामी वर्षको योजना निर्माणकोको पनि थालिएको जानकारी दिएका छन।
लकडाउन पालना तथा प्रकोप नियन्त्रणका लागि ३५ जना स्वयंसेवक परिचालन गरेको वडा नं ६ ले हेल्थ डेस्क स्थापना गरि विभिन्न अभियानहरु प्पानी संचालन गर्दै आएको छ।