काठमाडौं -६ शान्तिनगरका ३५ परिवारलाई खाद्यान्न सहयोग
कपन अनलाइन
काठमाडौं ,बैशाख १२।
नेपाल कुरियर संघको सहयोग तथा सज्जन महिला साकोसका अध्यक्ष सीमा पुरी र जोसेफ मावीका प्राचार्य सुर्यबहादुर अधिकारीको संयोजनमा काठमाडौं महानगरपालिका वडा नं ६ शान्तिनगरका ३५ परिवारलाई खाद्यान्न वितरण गरिएको छ।
काठमाडौं महानगरपालिका वडा नं ६ का सदस्य जयराम पुडासैनीको उपस्थितिमा भएको उक्त राहत वितरणको अवसरमा नेपाल कुरियर संघका अध्यक्ष गोविन्द ढुंगेल सहित संघका सदस्यहरुको सहभागिता रहेको थियो।
उक्त अवसरमा दृस्टीबिहिन ,असक्त बिरामी, ज्यालादारी मजदुर लगायत ३५ परीवारलाई ३० बोरा चामल , १ बोरा आलु , १ बोरा प्याज, ३० लिटर तोरी तेल १५ किलो साग ३५ किलो काउली बितरण गरीएको थियो।
तपाइँको प्रतिक्रिया ।