गोकर्णेश्वर नगरपालिका वडा नं २ मा लक डाउन प्रभावितहरुलाई निशुल्क भोजनको व्यवस्था गरेका छौ :वडा अध्यक्ष कृष्ण बहादुर पण्डित (क्षेत्री)
कपन अनलाइन
काठमाडौं बैशाख १२। गोकर्णेश्वर नगरपालिकाका विभिन्न स्थानमा लक डाउनका कारण चरम समस्यामा परेका सबै खाले वर्गका लागि व्यवस्थित तथा सु्रिक्षत तरिकाले विहान बेलुका निशुल्क खाना खुवाउने क्रम जारी रहेको छ। त्यसै क्रममा गोकर्णेश्वर नगरपालिका वडा नं २ नयाँपाटीले पनि आज बाट निशुल्क भोजन शिविर आयोजना गर्ने वडा अध्यक्ष कृष्ण बहादुर पण्डित क्षेत्रीले कपन अनलाइनलाइ जानकारी गराए ।
(कोभिड १९) महामारी रोकथामको लागि नेपाल सरकारले अंगिकार गरेको लक डाउन नीतिको कारण असहाय, अपांग, फरक क्षमता भएका व्यक्तिहरू तथा ज्यालादारी गरी गुजारा चलाउने व्यक्तिहरु समस्यामा पर्न गई दैनिक खाना खान समेत मुस्किल परेको बिषम परिस्थितिमा गोकर्णेश्वर नगरपालिका वडा नं २ को पहलमा बिभिन्न संघ सस्था तथा सहयोगीदाताहरुको सहयोगमा त्यस्ता ब्यक्तिहरुको लागि निशुल्क खानाको व्यवस्था गर्न लागिएको पनि बताए ।उनले आज बाट बिहान ९ बजे देखि बिहान ११ बजे सम्म र बेलुका ४ बजे देखि ६ बजे सम्म नयाँपाटी पार्टी प्यालेस मा निशुल्क भोजन शिविर आयोजना गरिएको बताए ।उनेल सुरक्षाको दृष्टिकोणले भोजन गर्दा घर बाटै थाल र गिलास अनिवार्य ल्याउन पनि अनुरोध गरेका छन् ।
उनले उनले सो कार्यमा खटिने स्वयं सेवकहरुलाइ धन्यवाद दिदै सो अभियानमा जो कोहि पनि जोडिन सक्ने बताए। उनले बास्तबिक प्रभावितहरुको लागि सो अभियान संचालन गरिएको बताउदै सो अभियानमा इच्छुक ब्यक्ति सहयोगी दाताहरुले सहयोग गर्ने सकिने पनि बताए ।उनले वडाले सो सम्बन्धि सार्वजनिक सुचना समेत प्रकाशित गरेको जानकारी गराए ।