आज बैशाख १२ गते २०७२ शालमा धर्ती कम्पन भएको दिन
कपन अनलाइन
काठमाडौं ,बैशाख १२। आज बैशाख १२ गते हो जुन नेपालको इतिहासमा निकै महत्वपूर्ण दिन हो। अहिले पनि त्यस दिन आएको भूकम्पको कम्पन धेरैको मनमा ताजा रहेको छ। नेपालीहरुको मन,मनोविज्ञान र नेपालको भौतिक संरचना परिवर्तन गरिदिएको महाविनासकारी भूकम्प गएको ५ वर्ष पुरा भएको छ।
वि.सं. २०७२ बैसाख १२ गते शनिबार ११ बजेर ५६ मिनेट जादा लगभग ३४ किमी (२१ माइल) पूर्व-दक्षिणपूर्व बारपाकलाई केन्द्रविन्दु बनाई ७.८ रेक्टर स्केलको भूकम्प १५ किमी (९.३ माइल) गहिराईमा गएको थियो।
विसं २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्र भई ७ दशमलव ६ रिक्टर स्केलको भूकम्प जाँदा ३१ जिल्ला प्रभावित भएको थियो।गोरखा भूकम्प जाँदा लगभग १५० किमी पूर्व पश्चिम, ६० किमी उत्तर दक्षिण र १५ किमी गहिराइबाट गोरखाको बारपाकदेखि दोलखाको सुनखानीसम्मको भाग ‘मेन हिमालयन थ्रष्ट¬’ नामको भौगर्भिक दरारको सतहमा लगभग तीन दशमलव पाँच मिटर दक्षिणतर्फ चिप्लिएको थियो।
भूकम्पको संक्षिप्त जानकारी :
१. भुकम्प गएको मिति – बि.सं २०७२ बैशाख,१२
२ . भुकम्प गएको समय – ११:५६ Am (स्थानीय समय)
३ . जम्मा मृतक मानिस – ८,७९० जना
४ . जम्मा घाईते मानिस – २२,३०० जना
५ . बेपत्ता भएका मानिस- करिब ३०० जना
६ . ठुला चौपाया मृत्यु – १७,००० भन्दा बढी
७ . साना चौपाया मृत्यु – ४०,०००
८ . पुर्ण ध्वस्त भएका घर – ५,०७,०१७ वटा
९ . आंशिक क्षति भएका घर- ३,६९,१९० वटा
१० . प्रभावित जनसंख्या – ८०,००,०००
११ . साँस्कृतिक संरचनाको क्षति- २,९००
१२ . पुरातात्त्विक संरचनामा असर – ७४५
१३ . पुर्ण क्षतिग्रस्त संरचना- १३३
१४ . सिंचाई पुर्वाधार प्रभावित – २९०
१५ . ट्रेकिङ रूटमा क्षति- ३५० km
१६ . विद्युतमा क्षति- ११५ MW
१७ . खानेपानी आपूर्तिमा क्षति – १५७०
१८ . शौचालय क्षति – २,२०,०००
१९ . प्रशासनिक संरचनामा क्षति – १७११
२० . जीविकामा प्रभावित परिवार – २२,८७,०००