सांग्रिला किड्स होम द्वारा गोकर्णेश्वर नगरपालिकाका बिभिन्न स्थानमा निशुल्क खानाको लागि खाद्यान्न सहयोग
कपन अनलाइन
काठमाडौं बैशाख १०। गोकर्णेश्वर नगरपालिका बिभिन्न वडा मा लक डाउन बाट प्रभावितहरुलाई निशुल्क खाना खुवाउनको लागि साग्रिला किड्स होमले खाद्यान्न सहयोग गरेको छ ।उनीहरुले नगरपालिका तथा वडा संगको समन्वय गरि ।कोरोना भाइरस (कोभिड १९) महामारी रोकथामको लागि नेपाल सरकारले अंगिकार गरेको लक डाउन नीतिको कारण असहाय, अपांग, फरक क्षमता भएका व्यक्तिहरू तथा ज्यालादारी गरी गुजारा चलाउने व्यक्तिहरु समस्यामा पर्न गई दैनिक खाना खान समेत मुस्किल परेको बिषम परिस्थितिमा त्यस्ता ब्यक्तिहरुको लागि निशुल्क खानाको लागि सहयोग पुगोस भन्ने हेतुले सामग्री वितरण गरिएको सस्थाका कोषाध्यक्ष अरुण कुमार कार्कीले बताए।
उनका अनुसार गोकर्णेश्वर नगरपालिका वडा नं ४ ,५,६ , ८ र ९ खाद्यान्न वितरण गरिएको बताए। जसमा चामल आलु, प्याज,नुन खुर्सानी, मश्यौरा, तेल, मसला लगायतको खाद्यान्न सहयोग गरिएको बताए । उनले सो काममा सहयोग गर्ने सबैलाई धन्यबाद समेत दिएका छन ।
सरकारले लक डाउनको अवधि लम्ब्याउदै जाँदा दैनिक ज्यालादारी गर्ने श्रमिकहरु मारमा परेका न उनीहरु आफ्नो घर फर्कन पाएका छन् न त पर्याप्त राहत नै यस्तो अवस्थामा बिभिन्न सहयोगी दाताहरुको सहयोगमा तयारी खाना खुवाउने अभियानको प्रसंशा गर्दै यस बाट बास्तविक पिडितहरु लाभान्वित भएको बताए । उनले सो कार्यमा आफुहरुले सहयोग गर्न पाउदा खुसि लागेको पनि बताए ।